उम्मेदवार पन्तले गरे इनर्वामा रास्वपाको सम्पर्क कार्यालय उदघाटन

वीरगंज ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा सभापति एवं पर्सा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले बुधवार इनर्वामा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयको उदघाटन गरेका छन ।
वीरगंज महानगरपालिका वडा नं. १६ इनर्वामा सम्पर्क कार्यालय उदघाटन गर्दै पन्तले आफुलाई इनर्वाबासीको अत्यन्तै माया रहेको चर्चा गर्दै इनर्वाबासीको यो मायालाई सधैं सम्मान र कदर गर्ने बताएका थिए ।
बिजय साहको सभापतित्वमा सम्म्पन्न सो कार्यक्रममा महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापती, दिलिप कुर्मी, मुकेश पटेल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
सो उदघाटन कार्यक्रमको सहजीकरन सन्तोष पटेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।