प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
सामाजिक सञ्जालमा पोस्ट हुने गलत सन्देश, सामग्रीको निगरानी व्यवस्थापन गर्ने उद्देश्यले एआई सेल स्थापना गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ सेल स्थापना गरेको छ।
सामाजिक सञ्जालमा फैलिने गलत, भ्रामक तथा मित्था सूचनाको निगरानी र नियन्त्रण गर्न एआई सेलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रविधिमैत्री संयन्त्रमार्फत सम्भावित जोखिम न्यूनीकरण र सुरक्षा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले यो सेल स्थापना गरिएको हो।
काठमाडौँ — डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ । सामाजिक सञ्जालमा पोस्ट हुने गलत सन्देश, सामग्रीको निगरानी व्यवस्थापन गर्ने उद्देश्यले एआई सेल स्थापना गरिएको प्रहरीले जनाएको छ ।
नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा स्थापना भएको सेलको सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरे । त्यस अवसरमा उनले एआई सेलले गर्ने काम र भावी कार्ययोजनाबारे जानकारी लिँदै विशेषगरी निर्वाचनसम्बन्धी गलत, भ्रामक र मित्था सूचनाको नियमन गरी निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह गरे।
मन्त्री अर्यालले एआई सेलले सामाजिक सञ्जालको माध्यमबाट हुने जुनसुकै अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।






