दूषित राजनीति अन्त्य गर्न घण्टीमा मतदानको आह्वान, पर्साको कायापलट गर्ने कानुको प्रतिबद्धता

दूषित राजनीति अन्त्य गर्न घण्टीमा मतदानको आह्वान, पर्साको कायापलट गर्ने कानुको प्रतिबद्धता

वीरगञ्ज, १२ फागुन

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले दूषित राजनीतिक चक्रव्यूह तोडेर विधिको शासन स्थापना गर्न घण्टी चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।
वीरगञ्ज महानगरपालिका–२४ रमगढवा र वडा नं. २५ सिर्सिया टोलमा मंगलबार घरदैलो अभियान सञ्चालन गर्दै उनले भ्रष्टाचार र कुशासन अन्त्य गरी समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित रास्वपाका उम्मेदवारलाई जिताउन अपिल गरे।
कानुले पर्सा देशकै महत्त्वपूर्ण जिल्ला भए पनि विगतका जनप्रतिनिधिको बेवास्ताका कारण अपेक्षित विकास हुन नसकेको उल्लेख गरे। शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधारको अवस्था सुधार्न ठूला विकास योजना ल्याउने प्रतिबद्धता जनाउँदै उनले कृषि, रोजगारी र आधारभूत सेवामा विशेष प्राथमिकता दिने बताए।
कृषकलाई समयमै मल उपलब्ध गराउने, युवालाई सीपमूलक तालिममार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा जनताको आवाज संसद्मा सशक्त रूपमा उठाउने उनको भनाइ थियो।
घरदैलोका क्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, सडक र खानेपानी समस्या समाधानको माग राखेका थिए। कार्यक्रममा सहभागी युवाहरूले परिवर्तनको आवश्यकता औंल्याउँदै रास्वपाप्रति आकर्षण बढ्दै गएको प्रतिक्रिया दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।