रास्वपाका उम्मेदवार हरि पन्तको घरदैलो कार्यक्रममा जनलहर

वीरगंज १७ फागुन । वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन परिचालन समिति अध्यक्ष त्रिनेत्र गिरीको अध्यक्षतामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले श्रीपुरमा पुगेर मतदाताहरु सँग प्रत्यक्ष संवाद गर्दै जनताका समस्या, अपेक्षा र सुझावहरू सुनेका थिए । उनले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र सुशासनलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता जनाएका थिए । “राजनीति परिवर्तनका लागि हो, अवसरका लागि होइन,” भन्दै पन्तले पारदर्शिता र उत्तरदायित्वमा आधारित नेतृत्व आवश्यक रहेको बताए ।
त्यसैगरी उम्मेदवार पन्तले वीरगंज–१६ अन्तर्गत नगवा, इनर्वा, फुलवारी टोल लगायतका क्षेत्रमा पनि घरदैलो कार्यक्रम गरेका हुन् । वडा नम्बर–१६ का चन्दन पण्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
घरदैलोका क्रममा स्थानीयले खानेपानी, सडक स्तरोन्नति, नाला व्यवस्थापन, युवाका लागि रोजगारी सिर्जना र सुशासनका विषयमा चासो व्यक्त गरेका थिए । पन्तले ती सबै विषयलाई आफ्नो कार्ययोजनामा समेट्ने आश्वासन दिँदै विगतका प्रतिनिधिहरूले गर्न नसकेका कामहरू आफूले परिणाम सहित पूरा गर्ने दाबी गरेका थिए ।
पन्तले महिलाको सशक्तीकरण र सहभागितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका थिए । जनताको प्रत्यक्ष सहभागिता र समर्थनले उत्साहित बनेका उम्मेदवार पन्तले “मत परिवर्तनका लागि मात्र होइन, व्यवस्था सुधारका लागि आवश्यक छ,” भन्दै मतदातालाई सचेत भएर निर्णय लिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।