राैतहटमा सरोकारवालाको संयुक्त निरीक्षण बागमतीको कमजाेर बाँधले जोखिम निम्तउंदै

राैतहटमा सरोकारवालाको संयुक्त निरीक्षण बागमतीको कमजाेर बाँधले जोखिम निम्तउंदै

प्रेमचन्द्र झा / साउन ०३ रौतहट 

वर्षा र बाढीका कारण उत्पन्न हुन सक्ने जोखिमको मूल्याङ्कन तथा आवश्यक पूर्वतयारीका लागि रौतहटका विभिन्न स्थानमा रहेको बागमती नदी, बाँध र कटान प्रभावित क्षेत्रको संयुक्त अनुगमन गरिएको छ।

शनिबार बिहान करिब ८:४५ बजेदेखि रौतहटको गढीमाई नगरपालिका–६ बाट सुरु भएको अनुगमनमा रौतहट क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य राजेश कुमार चौधरी, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजाल तथा विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू सहभागी थिए।

टोलीले बागमती नदीमाथिको पुलको दुवैतर्फ, बाढीका कारण जोखिममा रहेका क्षेत्र, सम्भावित नदी कटान हुने स्थान तथा भारत सीमासम्म फैलिएको बाँधको स्थलगत निरीक्षण गरेको थियो।

अनुगमनका क्रममा नदीको वर्तमान अवस्था, बाँधको सुरक्षा, कटान नियन्त्रण तथा सम्भावित बाढीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक तयारीबारे सम्बन्धित निकायबीच छलफल समेत भएको जनाइएको छ।

जिल्ला प्रशासन र सुरक्षा निकायले मनसुन अवधिमा बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै निरन्तर निगरानी, समन्वय र आवश्यक पूर्वतयारीलाई प्राथमिकता दिइएको बताएका छन्।

संयुक्त टोलीले दिउँसो करिब २ बजे निरीक्षण सम्पन्न गरी फर्किएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।