रौतहटमा भन्सार छलीका लत्ताकपडा र मोटरसाइकल बरामद

रौतहटमा भन्सार छलीका लत्ताकपडा र मोटरसाइकल बरामद

प्रेमचन्द्र झा  / रौतहट ११ साउन

रौतहट  प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएको लत्ताकपडा तथा एउटा मोटरसाइकल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मिति २०८३ साउन १० गते परोहा नगरपालिका–३ तेजापाकड तथा गौर नगरपालिका–१ क्षेत्रमा जिल्ला प्रहरी कार्यालयको बोर्डर एक्सन टिम अस्थायी प्रहरी पोस्ट लौकहा र भन्सार सुरक्षा गार्डबाट खटिएको संयुक्त गस्ती टोलीले नियमित गस्तीका क्रममा उक्त सामान बरामद गरेको हो।

प्रहरीले BR 05 BD 5572 नम्बरको मोटरसाइकलमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा लोड गरिएको अवस्थामा फेला पारेको जनाएको छ। प्रहरी टोलीलाई देख्नेबित्तिकै मोटरसाइकल चालक सवारी साधन र सामान छाडेर फरार भएको प्रहरीले जनाएको छ।

बरामद गरिएको सामानमा करिब रु. ६० हजार मूल्य बराबरको मोटरसाइकल र रु. १ लाख ७ हजार १५० बराबरका विभिन्न किसिमका लत्ताकपडा रहेका छन्। बरामद सामानको कुल अनुमानित मूल्य रु. १ लाख ६७ हजार १५० रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद भएका मोटरसाइकल तथा लत्ताकपडालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको जनाएको छ। फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।