ओसिस माविमा श्रीकृष्ण पोशाक प्रतियोगिता सम्पन्न
ओसिस माविमा श्रीकृष्ण पोशाक प्रतियोगिता सम्पन्न

वीरगञ्ज १८ भदौ
श्रीकृष्ण जन्माष्टमीको अवसरमा ओसिस माध्यमिक विद्यालयमा अन्तरसदन श्रीकृष्ण पोशाक प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयका संस्थापक तथा प्रधानाध्यापक इन्द्रदेव शाह (राजा) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीपुर उच्च माविका पूर्व सहायक प्रधानाध्यापक अमृता वैद्य प्रमुख अतिथि तथा निर्णायक रहेकी थिइन्। कार्यक्रमको उद्घोषण शिक्षिका अनु मलिकले गरेकी थिइन्।
प्रतियोगितामा विद्यालयका प्रत्येक सदनबाट दुई–दुई समूह सहभागी भएका थिए। निर्णायक वैद्यका अनुसार सिद्धार्थ सदनका कक्षा ५ का पूजा शाह र इसीका मण्डल प्रथम भएका छन्। त्यस्तै तेन्जिङ सदनका कक्षा ३ की खुसी कुमारी र कक्षा ६ की जोया प्रविन दोस्रो भएका छन्।
त्यसैगरी जनक सदनका कक्षा ७ की अनन्या मण्डल र कक्षा ६ की रोशनी मण्डल तथा सिद्धार्थ सदनका कक्षा २ का सिवांश ठाकुर र निशा गुप्ता तृतीय भएका छन्।
प्रतियोगितामा स्थान हासिल गर्ने तथा सहभागी सम्पूर्ण विद्यार्थीलाई कार्यक्रम संयोजक शिक्षिका सम्झना ठाकुर, प्रमुख अतिथि, अतिथि तथा शिक्षक–शिक्षिकाले प्रमाणपत्र वितरण गरेका थिए।






