सनलाइट स्कुल तथा कलेजद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८० हजार ५ सय १ रुपैयाँ सहयोग

वीरगंज २८ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि वीरगंज महानगरपालिका वडा नं. १६ नगवा स्थित सनलाइट स्कुल तथा कलेजले ८० हजार ५ सय १ रुपैयाँ सहयोग गरेको छ ।
सनलाइट स्कुलले आईतवार प्याब्सन पर्सा मार्फत ५५ हजार ५ सय रुपैयाँ र सनलाइट कलेजले हिसान पर्सा मार्फत २५ हजार १ रुपैयाँ गरी कुल ८० हजार ५ सय १ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो ।
प्याब्सन पर्सा मार्फत प्रदान गरिएको सहयोगको चेक सनलाइट कलेजका प्रिन्सिपल आलोककुमार चौरसिया र सञ्चालक धनंजय चौरसियाले प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी तथा प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तवलाई हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी हिसान पर्सा मार्फत गरिएको २५ हजार १ रुपैयाँ सहयोगको चेक पनि आईतवार नै प्रिन्सिपल चौरसियाले हिसान पर्साका अध्यक्ष मुकेश गुप्तालाई हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण गर्दै प्रिन्सिपल आलोककुमार चौरसियाले प्राकृतिक विपद् तथा सङ्कटका समयमा पीडित नागरिकको सहयोगमा आगामी दिनमा पनि आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
उनीहरूले विपद्को समयमा प्रभावित नागरिकलाई राहत तथा उद्धार उपलब्ध गराउने कार्यमा राज्यसँगै निजी क्षेत्र तथा शैक्षिक संस्थाहरूले समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए ।
प्याब्सन तथा हिसान पर्साका पदाधिकारीहरूले सहयोगका लागि सनलाइट परिवारप्रति आभार व्यक्त गर्दै प्राप्त रकम विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा उपयोग हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।