विष्णुपुर–७ मा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु

विष्णुपुर–७ मा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु

सप्तरी १७ कार्तिक

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. ७ मा आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन गरिएको छ।

मिति २०८३ साल कात्तिक १७ गतेदेखि सुरु भएको उक्त कार्यक्रमअन्तर्गत विष्णुपुर टोल र ईटहरी टोलका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्य अघि बढाइएको हो।

विष्णुपुर गाउँपालिका वडा नं. ७ स्थित स्वास्थ्य चौकीका अधिकृत ललित साह तथा स्वास्थ्य चौकीका कर्मचारीहरूको अगुवाइमा कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा बालबालिकाले स्वास्थ्य सेवा पाए–नपाएको सुनिश्चित गर्न सम्बन्धित कर्मचारीहरूद्वारा सुपरिवेक्षणसमेत गरिएको छ।

बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थालाई सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको यस राष्ट्रिय अभियानमा लक्षित उमेर समूहका बालबालिकालाई सहभागी गराउन स्वास्थ्यकर्मीहरूले अभिभावकलाई आग्रह गरेका छन्।

स्वास्थ्यकर्मीहरूले बालबालिकाको नियमित स्वास्थ्य हेरचाह र पोषणमा विशेष ध्यान दिन अभिभावकहरूलाई अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।