साउदीमा घाँटी काटेर २४ घण्टा झुण्ड्याउने साजय पाएका उमेश नेपाल फर्के।

जनकपुरधाम ८ माघ
पाकिस्तानी सहकर्मीको हत्या आरोपमा साउदी अरेबियामा मृत्यु दण्डको सजाय पाएका धनुषाका ३९ वर्षीय उमेश यादव मंगलबार नेपाल आइपुगेका छन् । बुधबार विहान उमेश त्रिभुवन विमान स्थलमा आइपुगेका हुन् । उनको जीवन रक्षाको निम्ति विगत २ वर्षदेखि अभियान चलाएका जनकपुरका समाजिक अभियन्ता सरोज रायले उनलाई बिहानै विमान स्थलमा स्वागत गरेका छन् ।
उमेशलाई सन् २००६ मा सहकर्मी पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अरोपमा जुवेलका जेनर कोर्टले १५ अप्रिल २०१८ मा मृत्यु दण्डको सजाय सुनाएको थियो । उमेशलाई घाँटी काटेर २४ घण्टा झुण्डयाउने आदेश अदातले दिएको थियो । वैदेशिक रोजगारीको शिलशिलामा धनुषाको कमला नगरपालिका ३ का बासिन्दा उमेश सन् २००६ मै साउदी पुगेका थिए । गएको केहि समय पश्चात विवादकै क्रममा पाकीस्तानी नागरिकको मृत्यु भएपछि उमेशलाई त्यहाँका प्रहरीले हत्या आरोपमा पक्राउ गरी कारबाही प्रक्रिया अघि चलाएको थियो । जुवेल जेनरल कोर्टको आदेशमा उमेशलाई साउदीकै जुवेल जेलमा राखिएको थियो ।
उमेशलाई मृत्यु दण्डको सजाय भन्ने समाचार दुईवर्ष अघि समाचार सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता रायले उनको जीवनरक्षाको निम्ति अघि बढेका थिए ।अभियन्ता रायले दुईवर्षदेखि ब्लडमणिको लागि चन्दा संकलन गरी परराष्ट्र मन्त्रालय, दुताबासको सहयोगमा मृतक पाकिस्तानीको घरमा समेत पुगेर उमेशको जीवनरक्षाको निम्ति गुहार गरेका थिए । मृतक परिवार उमेशलाई बचाउन सकारात्मक भएपछि अभियन्ता राय ब्लडमणि लगायत अदालती प्रक्रियामा अगाडी बढेका थिए । उनले चन्दा संकलन गरी पाकिस्तानी मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ब्लडमणि समेत दिएका थिए ।
उमेशलाई स्वागत गर्दै सरोज रायले भने ‘ जुन उद्देश्यले हामी २ वर्षदेखि निरन्तर अभियानमा लागे । आज उमेश नेपाल आइपुगेका छन् । उमेशलाई हार्दिक स्वागत छ नेपालमा ।’उमेशले पनि आफुलाई जीवन रक्षा गरिदिएकोमा अयिभन्ता राय, पाकिस्तानी मृतक परिवार र सम्पूर्ण सहयोगीप्रति अभार प्रकट गरेका छन्।
सभार-टुडेपाटी






