माग्ने बुढाले दिए ट्राफिक प्रहरीलाई धन्यवाद ।

काठमाडौं ८ माघ
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको बिषयमा गायिका आस्था राउतले भिडियो लाइभमार्फत प्रहरीको बिषयमा बोलेको शब्दको विभिन्न टिकाटिप्पणी भइरहेका बेला हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा)ले भने प्रहरीको ब्यवहारको प्रशंसा गरेका छन् । 

घिमिरेले आफुलाई सिट बेल्ट नलाएका कारण चिट काट्ने ट्राफिक प्रहरी जवानको मिठो बोली र ब्यवहारको प्रशंसा गरेका हुन् ।  बुधबार बिहान ग्वोर्काेस्थित घरबाट कामको सिलसिलामा बाहिर निस्किने बितिक्कै कारबाहीमा परेका उनी त्यसपछि  महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका थिए । 
सो क्रममा चिट काट्ने ट्रफिक प्रहरीले आफूसँग मिठो बोली, वचन गरेको भन्दै उनले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवाद समेत दिए । ‘मैले सिट बेल्ट लगाउन बिर्सिएछु’ घिमिरेले भने ‘ट्राफिक भाइले कारबाही गर्छु है भनेर मिठोसँग भन्नुभयो ।’ प्रहरीको मिठो बोलीका कारण आफुले सजिलै लाइस दिएको घिमिरेले सुनाए ।

महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरे । त्यही अनुरुप ट्राफिक प्रहरी जवान सन्तोष चौधरीसँग उनको भेट भयो । भेटमा उनल प्रहरी जवानलाई राम्रो व्यवहारका लागि आभार समेत प्रकट गरे । 

घिमिरेले प्रहरी जवान चौधरीको व्यवहारको सबै प्रहरीले सिको गर्नुपर्ने धारणा समेत सो अवसरमा राखे । घिमिरेले यातायात व्यवस्था ऐनको प्रावधानअनुसार ५ सय रुपैयाँ जरिवाना तिरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।