खरीद व्यवस्थापन तथा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

बारा १९ चैत्र

क्षमतावान बनाउने उदेश्यले क्षमता अभिवृद्धि का लागि खरिद व्यवस्थापन तथा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ।

३ दिने सम्म चलेको तालिममा  गाउँपालिका का कर्मचारीहरु लाई क्षमता अभिवृद्धि र खरिद व्यवस्थापन तथा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी तालिम   चैत्र १७, १८ र १९ गते सम्म दिईएको छ।  सुवर्ण गाउँपालिकाको कार्यालय कवहीगोठ बाराको आर्थिक सहयोग तथा न्यु फ्रेन्ड्स क्लब करैयामाई बारा को आयोजनामा तालिम संचालन भएको छ।

क्षमता अभिवृद्धि कालागि खरीद व्यवस्थापन तथा सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी तालिम  श्री ने.रा.मा.वि. कवही जगात, सुवर्ण गा. पा.-२को सभा हलमा आयोजित तालिम मा प्रमुख प्रशिक्षक जिल्ला समन्वय समिति बाराका ,लेखा अधिकृत सौरभ साह रहेको आयोजक संस्थाका अध्यक्ष लुकमान खान ले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।