बि.पि उधानको रिट निबेदनको बारेमा धिरज कुमार गुप्ताले नेपाली काँग्रेस पर्सालाई गराए जानकारी

वीरगंज, पर्सा

वीरगंज स्थित घण्टाघरको उतर पट्टि बि.पि उधान प्रयोजनको लागि खरिद भएको मिसिल समेत नेपाल सरकार को निर्णय,पारित राजिनामा तथा जग्गा धनि प्रमाण पुर्जा दिएको जग्गामा वीरगंज महानगरपालिकाले सर्त तथा कार्यबिपरित निर्माण कार्य चालु गरको बिरुद्धमा नेपाली कांग्रेस पर्साका युवा नेता वीरगंज महानगरपालिका वडा नं २० मा बस्ने धिरज कुमार गुप्ताले २०७८ साल असाढ २८ गते उच्च अदालत जनकपुर अस्थाई इजलास वीरगंजमा निबेदन दर्ता गरी मिती २०७८ साल असाढ २९ गते सम्मानित अदालतबाट अल्पकालीन अन्तरिम आदेश भएको, साथै २०७८ साल श्रावण २९ गते सम्मानित अदालतबाट अन्तरिम आदेश भएको जारी भएको उत्क अन्तरिम आदेशको मध्यनजर गर्दै उत्क मुद्दामा चल्नु पर्ने अगाडिको कदम बारे पार्टी को सल्लाह सुझाव तथा समन्वय को आसा सहित नेपाली कांग्रेस पर्साका युवा नेता धिरज कुमार गुप्ताले नेपाली कांग्रेस पर्साका जिल्ला उपसभापति अशोककुमार गुप्ता लाइ निबेदन दिएका हुन्। निबेदन बुझदै उपसभापति गुप्ताले भने आउदो जिल्ला कार्यसमितिको बैठकमा पेश गरिने छ र त्यस मुद्दाको बारेमा छलफल पनि गरिने बताएका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।