नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गरे प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेका छन् ।

देउवाले पार्टी र सरकार सञ्चालनमा सन्तुलन मिलाएको र दुबैमा उनको भूमिका सन्तोषजनक रहेको शशांकको भनाइ छ ।

प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रूपमा लिएको निर्णय सन्तोषजनक रहेकाले आफूहरूको कुनै विरोध नभएको उनले स्पष्ट पारे ।

पार्टीभित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिइरहेको उनले सञ्चारकर्मीलाई बताए । त्यसैकारण देउवासँग असहमति राख्ने ठाउँ नभएको उनको भनाइ छ ।

पार्टीका पदाधिकारीहरूलाई पद अनुसारको भूमिका दिएको, निर्णय गर्दा सबैसँग सल्लाह गरेको, पदाधिकारीहरू सबैले आ–आफ्नो भूमिका पाइरहेको भन्दै शशांकले सभापतिले सन्तुलन मिलाएकोमा खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।