जय घन्टी” नारासहित वीरगञ्ज १७ अलौंमा रास्वपा उम्मेदवार शुशिल साह कानुको घरदैलो अभियान सुरु

जय घन्टी” नारासहित वीरगञ्ज १७ अलौंमा रास्वपा उम्मेदवार शुशिल साह कानुको घरदैलो अभियान सुरु

वीरगञ्ज २१ माघ

पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. १७ अलौं मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुशिल साह कानुले आजदेखि औपचारिक रूपमा घरदैलो कार्यक्रम सुरु गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको अभियानमा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिएको थियो।

घरदैलो कार्यक्रममा उम्मेदवार कानुलाई मतदाताहरूले आफ्नै दैलोमा खादा लगाई विजयको शुभकामना दिएका थिए। समर्थकहरूले घन्टी बजाउँदै उत्साहजनक सहभागिता जनाएका थिए भने “जय घन्टी, जय घन्टी” नाराले वडा नं. १७ अलौंको चुनावी माहोल थप तातेको देखिएको छ।

कार्यक्रमका क्रममा उम्मेदवार कानुले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै पारदर्शिता, सुशासन, भ्रष्टाचार नियन्त्रण, युवाको रोजगारी र स्थानीय विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले परम्परागत राजनीतिक शैलीभन्दा फरक ढंगले जनतासँग प्रत्यक्ष संवादमार्फत समस्याको समाधान खोज्ने अभियानलाई निरन्तरता दिने बताएका छन्।

हाल देशभर निर्वाचनको माहोल तातिँदै जाँदा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूको सक्रियता पनि बढ्दै गएको छ। वीरगञ्ज १७ अलौं मा सुरु भएको रास्वपाको घरदैलो अभियानले स्थानीय राजनीति थप गतिशील बनेको स्थानीयवासीले बताएका छन्। घरदैलो कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर जारी रहने आयोजकले जनाएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।