काठमाडौं विश्वविद्यालयले २७ वटा दिक्षान्त कार्यक्रम माफर्त ३८३३९ विधार्थि दिक्षित गराउन सफल

काठमाडौं विश्वविद्यालय ऐन, २०४८ अन्तर्गत आजभन्दा ३१ बर्ष अगाडि सन् १९९१ मा स्थापना भएको काठमाडौं विश्वविद्यालयले स्कुल अफ साइन्सबाट इन्टरमेडियट अफ साइन्सको एक शैक्षिक कार्यक्रम सुरु गरेर हाल विभिन्न ७ वटा स्कुलहरू — स्कुल अफ साइन्स, स्कुल अफ म्यानेजमेन्ट, स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ मेडिकल साइन्सेज, स्कुल अफ एजुकेसन, स्कुल अफ आर्टस र स्कुल अफ ल अन्तर्गत विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, स्वास्थ्य, शिक्षा, कला र कानुन गरी २०० भन्दा बढि विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बजारको माग अनुरूपको प्राविधिक तथा पेसागत कार्यक्रमहरू सञ्चालन गर्ने क्रममा Bachelor Agriculture Sci- ences, Bachelor/Master in Artificial engineering, Master in Urban Qmudies, Master in Media Qmudies, Master in Fine Arts, Bachelors of Education in in Technical लगायतका नयाँ कार्यक्रम थपेर विधार्थिका लागि नयाँ आकर्षण थपेको छ ।

२७ वटा दिक्षान्त कार्यक्रम माफर्त ३८३३९ विधार्थि दिक्षित गरिसकेकोयस विश्वविधालयका दिक्षित मध्ये झण्डै १३ प्रतिशत विधार्थि विदेशी रहेको देखिन्छ ।

हालसम्म दक्षिण एशियाका देशहरु वाहेक अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, नर्बे, रसिया सहित ५१ देशका विधार्थि त्यस विश्वविधालयवाट दिक्षीत भएका छन् ।

विदेशि विधार्थि मध्ये नेपाल भन्दा धेरैटाढा रहेका जाम्बिया, दक्षिण अफ्रिकाका जस्ता देशवाट पनि दर्जन वढि विधार्थीले काठमाण्डौ विश्वविद्यालयलाई आफ्नो उच्च शिक्षाको गन्तब्य छानेका देखिन्छन्।

कारण नेपालले चाहदाँ अन्तराष्ट्रिय« विधार्थीहरुको आकर्षक गन्तब्य रहने देखिएको र त्यसका लागि काठमाण्डौ विश्वविद्यालयले थप पहल शुरु गरेको काठमाण्डौ विश्वविधालयका अधिकारिहरु वताउँछन् ।

विश्वका विभिन्न पुराना र अब्बल विश्वविद्यालयको सहकार्यमा रहरे शुरुवाति दिनदेखि नै आफ्ना

कार्यक्रममा नयाँ आयाम दिदै आफ्नो उचाई लिन सफल भएको यस विश्वविद्यालयसंग विश्वका ३३ देशका २३५ शैक्षिक संस्थाले सहकार्यका लागि हात बढाएका छन्।

केहि समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका अवसरमा केयुले दुई प्रधानमन्त्रीको रोहवरमा मद्रास स्थित आइआइटीसंग उर्जा साइन्स विषयमा एमइ कार्यक्रम संचालनकालागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थियो भने त्यसको लगत्तै हैदराबादस्थित दुई शैक्षिक संस्थान भारतीय प्रागौधिक सस्थान (आइआइटी) र अंतर्राष्ट्रीय सूचना प्रौद्योगिकी संस्थान (आइआईआइटी) संग मेडिकल टेक्लोलाजी विषयमा सयुक्त रुपमा अध्यापन र अनुसन्धान लगायत अन्य सहकार्यको ढोका खालेको थियो ।

अष्टेिलयाको Western Sydney University सँगको विधार्थी आदान प्रदान सम्वन्धि सहमति, फिनल्याण्ड, नर्बे तथा जर्मनी लगायतका विश्वविद्यालयसगं यस्तै कार्यक्रममा निरन्ततरताका सहमति अदिले काठमाडाैं विश्वविद्यालयमा पढ्ने अधिकांशका लागि विदेशका विद्यालयमा गएर केहि सिक्ने मौका पनि बारम्बार मिल्ने देखिन्छ ।

विद्यार्थीलाई कक्षागत शिक्षण मात्र होइन, फिल्डमा गएर अनसु न्धानमा सहभागि गराई सिकाउने काठमाण्डौ विश्वविधालयको विधि हो र त्यसकालागि नेपाल तथा विदेशका अनुसन्धानकर्ताहरुसंग काठमाण्डौ विश्वविधालयले हातेमालो गर्छ ।

समाज विज्ञानमा चासो राख्ने आफ्ना विधार्थिहरुलाई अवसर दिन र विश्वविधालयलाई नै समाज विज्ञानका विविध आयाममा अब्बल वनाउने प्रयास स्वरुप देशकोबदलिँदो अवस्थाबारे जनताको धारणा बुझ्नको लागि महत्वपूर्ण र स्थापित जनमत सर्वेक्षणहरू पनि यस विश्वविधालयले गर्दै आइरहेको छ ।

सर्वेक्षणहरूले जनताको अवस्था, बिचार र प्राथमिकताकोबारेमा सरकारलाई राम्रोसँग बुझाउन, र त्यसअनुसार आपmनो बाटोबदल्नको साथै शासन तथा सर्वेा प्रवाहमा सुधार गर्नसमेत मद्दत गर्छ भन्ने मान्यताका साथ नेपालको सन्दर्भमा व्यक्तिगत सुरक्षा, विवाद समाधान, सुशासन, पहिचानको राजनीति, आर्थिक परिदृष्य र देशको समग्र दिशा वरपरका सरोकारबारे सार्वजनिक धारणा बुझ्न काठमाडौँ विश्वविद्यालयको नेतृत्वमा र इन्टरडिस्प्लिनरी एनालिस्टस् तथा दि एसिया फाउन्डेशन कोसहकार्यमा ९३ जना सर्वेक्षक मार्फत यस वर्षकोजनमत सर्वेक्षण पनि योविश्वविधालयले यतिखरे गरिरहेको छ ।

बहुचरणकोनमुना विधी र प्रतिनिधिमुलक नमूनामा आधारित भई राष्टिय स्तरमा देशका सातैओटा

प्रदेशका मनाङ्घ बाहके का ७६ जिल्लाका १९७ नगर र १८६ गाँउपालिकाका ७ हजार ६० जना नेपाली जनतामाझ पुगेर योकाम सम्पन्न हुदैछ ।

यस्तै प्रकारको सर्वेक्षण फेब्रुअरी–मार्च, २०२० मा सम्पन्न भएको थियो भने नोभेल कोरोना भाइरस (कोभिड—१९) को वेभले गर्दा यसलाई नियमितता दिन सकिएको थिएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।