पर्सा क्षेत्र नं. ३ काे (ख) प्रत्यक्ष तर्फ को उम्मेदवार श्रीराम जी गिरी को एकल नाम सर्वसम्मतिले सिफारिस

वीरगञ्ज, २३ भदौ

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पर्साकाे पार्टी अफिसमा बसेको बैठक बाट पर्सा क्षेत्र नं. ३ काे (ख) प्रत्यक्ष तर्फ को उम्मेदवार श्रीराम जी गिरी को एकल नाम सर्वसम्मतिले सिफारिस भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजेश कुमार साहको सभापतित्वमा बसेको बैठकले गिरी को एकल नाम सिफारिस गरेको छ। क्षेत्र नं १मा प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यमा अनिल कुमार झा , मुन्नी श्रीवास्तव , क्षेत्र नं २ मा सरदा सिंह भण्डारी , नबिन प्रकाश साह ,क्षेत्र नं ३ मा राजेन्द्र महतो, क्षेत्र नं ४ महन्थ ठाकुर, लक्ष्मण लाल कर्णको नाम सिफारिस भएको छ।

त्यसैगरी प्रदेश सभा सदस्य क्षेत्र नं १(क) प्रत्यक्ष तर्फको उमेद्वार बिक्रम पटेल, क्षेत्र नं १(ख) तर्फको उमेद्वार ओम प्रकाश सर्राफ , क्षेत्र नं २ (क) बाट राजेश कुमार साह ,क्षेत्र नं २(ख) बाट लालबाबु प्रसाद कुर्मी,मनोज साह , क्षेत्र नं ३ को (क)बाट देवानन्द यादव , शिवपुजन साह , क्षेत्र नं ३(ख) बाट श्रीराम जी गिरी क्षेत्र नं ४ को क बाट हाकिम मियाँ , क्षेत्र नं ४ को (ख) बाट माओ को नाम सिफारिस भएको छ। पार्टी को बैठक पार्टी कार्यालय वीरगञ्ज मा बसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।