मधेशी दलबीच वार्ता गर्न लोसपाले बनायो समिति

मधेशी दलबीच वार्ता गर्न लोसपाले बनायो समिति

काठमाडौं २१ पुस

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मधेशी दलबीच सहकार्य र एकता गर्न वार्ता समिति गठन गरेको छ ।

राजनीतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भन्‍दै लोसपाले जितेन्द्र प्रसाद सोनारको नेतृत्वमा वार्ता समिति बनाएको हो ।

वार्ता समितिमा जितेन्द्रसँगै उमाकान्त झा, रामप्रकाश चौधरी, सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र रहेका छन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ..मधेश केन्द्रित पार्टीहरू बीच संवाद , सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्‍ने गरी पार्टी एकीकरण गर्ने सम्‍मको सम्भावनाको खोजी तथा परिणाम मुखी बनाउनको लागि तपशील बमोजिमको समिति लोसपाले गठन गरेको व्‍यहोरा जानकारी गराउँदछु।’

यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले कार्यकारिणी बैठकबाट मधेशका दलहरूबीच सहकार्य र एकता गर्न राजकिशोर यादवको नेतृत्वमा समिति बनाएको थियो। त्यस्तै सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच सहकार्य प्रयास चलिरहेको छ ।

यस्तै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि एकता अपील गर्दै मधेशी शक्तिहरू बीच संवाद थालेका छन् । संभार: अनलाइनखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।