वडा अध्यक्ष आलमले गरे सुन चाँदी पसल को उद्घाटन

वीरगञ्ज २४ असोज

वीरगञ्ज बाट करिब २० किलोमिटर पश्चिम र उत्तर मा रहेको पर्सागढी नगरपालिकाको वडा नम्बर ५ वहुअर्वा जुमन चौकमा आजबाट तराई ज्वेलर्स सुन चाँदी पसल सञ्चालनमा आएको छ।

पर्सा गढी नगरपालिकाको वडा नंवर ५ का वडा अध्यक्ष असलम आलमले आज एक कार्यक्रमका बीच विधिवत् रूपमा रिबन काटेर पसलको उद्घाटन गरेका छन्।

अब यो पसल सञ्चालन मा आएपछि पर्सा गढी नगरपालिका को स्थानीयहरूलाई अब वीरगञ्ज, जितपुर जानु पर्दैन यो पसल सञ्चालनमा आएपछि स्थानीयहरु हर्सित भएका छन्।

सो उद्घाटन समारोहमा कार्यक्रम मा वडा सदस्य शिवमतिया देवी , शेख जुमन ,मन्दिरका मण्डल, हिरालाल राय भर ,सैनुलाह मियाँ ,ओकिल मियाँ लगायत स्थानीयहरूको उलेख्निय सहभागिता रहेको थियो।

तराई ज्वेलर्सका संचालक रोहित सोनलका अनुसार अब वीरगञ्ज , जितपुर जानु पर्दैन अब सुन चाँदीको सम्पुर्ण गर गहना हामी यहाँ बाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।