बाबुराम भट्टराईद्वारा प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा, राजनीति नछोड्न

पूर्व प्रधानमन्त्री एवम नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन्। भट्टराईले गोरखाली मतदातालाई धन्यवाद दिंदै फेसवुक मार्फत आगामी चुनाव नलड्ने घोषणा गरेका हुन।

उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु ।’ डा. भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचन माओवादी केन्द्रको निर्वाचन चिह्नबाट चुनावमा भाग लिने निर्णय गरेका थिए ।

उनले राजनीति नछाड्ने बताएका छन् । २०६४ र २०७० को संविधानसभा तथा २०७४ को प्रतिनिसभा चुनाव जितेका भट्टराईले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन !’

चुनाव नलडेपछि आफू पार्टीको काम र जनताको सेवामा निरन्तर लागिरहने उनले लेखेका छन् । आफूले तीन पटक चुनाव जितेर गोरखाको दुरगामी विकासमा योगदान पुर्याएको र भौतिक पूर्वाधार बनाएको पनि उनले लेखेका छन् ।

‘मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरू भएका आयोजना पूरा हुन बाँकी छन्’ उनले लेखेका छन्–‘बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु।’

यस्तो छ भट्टराईले लेखेको स्ट्याटस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।