बीरगंज स्थित भारतको महावाणिज्य दूतावास द्वारा महात्मा गान्धीको १५३ औँ जन्मजयन्ती मनाईयो

बीरगंज स्थित भारतको महावाणिज्य दूतावासले आजादी का अमृत महतोसव (India@75) तथा महात्मा गान्धीको १५३ औँ जन्मजयन्ती मनाएको छ ।

दूतावासले आईतबार उद्योग/व्यवसायी, पत्रकार, नागरिक समाजका सदस्य, बुद्धिजीवी तथा विभिन्न विद्यालयका शिक्षकरविद्यार्थी लगायत समाजका विभिन्न वर्गका व्यक्तिहरुको उपस्थितमा विभिन्न कार्यक्रम गरि महोत्सव मनाएको हो ।

कार्यक्रमको शुभारंभ निमन्त्रित विद्यालयका विद्यार्थी द्वारा महात्मा गान्धीको मनपर्ने भजन रघुपति राघव राजा राम गाएर गरिएको थियो। त्यसपछि विभिन्न विद्यालयका करिब ११ जना विद्यार्थीले महात्मा गान्धीसँग सम्बन्धित विभिन्न विषयमा छोटो मनत्यव प्रस्तुत गरेका थिए । कार्यक्रममा बिहारको पूर्वी चम्पारण जिल्ला रक्सौलमा स्थित लिटिल फ्लावर कुष्ठरोग केन्द्रका सदस्यहरुद्वारा चरखा प्रयोग गर्ने तरिका पनि प्रर्दशित गरिएको थियो । वाणिज्य दूतावास द्वारा सहभागीहरुलाई गान्धी टोपी समेत वितरण गरिएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपालका वरिष्ठ पत्रकार तथा स्तम्भकार श्री चन्द्रकिशोर झाले महात्मा गान्धीको काम र कार्यबारे प्रकाश पारे। उनले नेपाल सहित विश्वका विभिन्न भागमा भएको स्वतन्त्रता सङ्घर्षमा महात्मा गान्धीको प्रभावलाई जोड दिए । उनले २० औं शताब्दीमा महात्मा गान्धीले प्रतिपादन गरेका “सत्य, अहिंसा र सत्याग्रह” को सिद्धान्त अझै पनि विश्वका लागि सान्दर्भिक रहेको बताए।

त्यस्तै, कन्सुल जनरल श्री नितेश कुमारले आफ्नो टिप्पणीमा राष्ट्र निर्माणमा महात्मा गान्धीको भूमिका बारे प्रकाश पारे। द्वन्द्व, युद्ध र महामारीले नकरात्मक प्रभाव पारेको आजको विश्वमा महात्मा गान्धीले देखाएको बाटो निकै सान्दर्भिक छ । उनले महात्मा गान्धीसँगै एकै दिन जन्मदिन मनाउने श्री लालबहादुर शास्त्रीको योगदान बारे पनि स्मरण गरे। शास्त्री जी सादगी, नम्रता र उच्च नैतिक मूल्यवान व्यक्ति थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।