इक्वेडरको एक जेलमा भएको दंगामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ

एजेन्सी
इक्वेडरको एक जेलमा भएको दंगामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ। यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको झडपका क्रममा ज्यान जानेको सङ्ख्या १३ पुगेको जनाएका हुन्।

उनका अनुसार इक्वेडरको दक्षिणपश्चिमी सहरको गावाकील भन्ने स्थानमा रहेको जेलमा बन्दीहरूकाबीचमा झडप भएको थियो। सो झडपमा परेर बुधबार केहीको ज्यान गएको थियो। घाइतेहरूलाई अस्पताल राखिएकामा थपको मृत्यु भएको थियो।

सो जेलमा प्राय लागूऔषधका कारोबारीहरूलाई राखिएको छ। उनीहरूका दुई पक्षका बीचमा सो झडप भएको बताइएको छ।त्यस झडपमा परेर अरु केही घाइते भएका पनि यहाँको जेल सेवाका अधिकारीहरूले जनाएका छन्। उक्त जेलमा रहेका दुई पक्षका बीचमा झडप भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो।

तर ती दुवै पक्षले आपसमा झगडा गर्ने र जेलका पूर्वाधारहरू तोडफोड गर्न खोजेको थिए। यस देशमा यसै वर्षको फेब्रुअरीदेखि देशका विभिन्न जेलमा तोडफोड सुरु गरेका छन्। तीमध्ये अधिकांश जेल लागूऔषधका कारोबारीहरू राखिएका जेलका रहेका छन्।

यसरी भएका भिडन्तहरूमा परेर फेब्रुअरीदेखि अहिलेसम्म कम्तीमा पनि चार सय जनाले ज्यान गुमाएका यहाँको आन्तरिक व्यवस्थापन मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।