म्यानमारमा साँस्कृतिक कार्यक्रममा सेनाले बम खसाल्यो, ८० जनाको मृत्यु

एजेन्सी
म्यानमारमा सेनाले गरेको हवाइ आक्रमणमा ८० जनाको मृत्यु भएको छ। मुलुकको उत्तरी भूभागमा सेनाले गरेको हवाइ आक्रमणमा १०० जना घाइते भएको एपीले जनाएको छ।

उत्तरी म्यान्मारको कचिन राज्यमा सेनाको हवाईजहाजले बम खसालेको स्थानीयवासीले जनाएका छन्। कचिन राज्यमा सक्रिय कचिन इण्डिपेन्डेन्ट आर्मी नामक लडाकु समूहले जनाएअनुसार उक्त समूहले कान्सी गाउँमा आयोजना गरेको साँस्कृतिक कार्यक्रमलक्षित बम हमला भएको हा ।

सेनाले ३ वटा बम खसालेको जनाइएको छ। राज्यमा स्वायत्तताका लागि जारी अभियानको ६२ औँ वार्षिकोत्सवको अवसरमा उक्त साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो। आक्रमणमा मारिनेमा केही कचिन गायक समेत रहेको जनाइएको छ।

घाइतेलाई उपचारका लागि नजिकैको हपकान्त शहरको अस्पतालमा लैजान लागेका मानिसलाई सेनाले बाटैमा रोकेको समेत स्थानीयवासीले आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।