अस्पतालबाट डिस्चार्ज भए इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज भएका छन् । तीन दिनअघि एक चुनावी ह्यालीमा गोली लागेर घाइते भएका खान उपचारपछि डिस्चार्ज भएका हुन् । उनको खुट्टामा गोली लागेको थियो । उनीमाथि हत्या प्रयास भएको खानको पाकिस्तान तेइरिक–ए–इन्साफले जनाएको छ ।

पूर्वसूचना मन्त्री फवाद चौधरीले खानलाई डिस्चार्ज गरिएको बताएका छन् । एक स्थानीय टिभी च्यानलले खान ह्वीलचेयरमा लाहोर क्लिनिकबाट बाहिर निस्किएको देखाएको छ ।

७० वर्षीय खानमाथि बिहीबार पूर्वीसहर वजिराबादमा बाक्लो भीडमा एक राजनीतिक कार्यक्रममा गोली प्रहार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।