गुप्ताको अगुवाईमा वीरगञ्ज १० मा वितरण

वीरगंज १४ साउन
विगत केही महिनादेखि चापाकल सुकेर वीरगंज आसपासका क्षेत्रमा पानीको हाहाकार भएको छ । पानी बिना यस क्षेत्रका मानिसहरुको जिवन कष्टकर भएको छ । चापाकलको पानीको कारण जिवनै कष्टर हुन थालेपछि वीरगंज १० घडिअर्वाका युवा नेता एवं समाजसेवी अजय कुमार गुप्ता पानीको ट्यांकर लिएर जनताको घरदैलोमा पुग्न थालेका छन ।
गुप्ताको अहिले दैनिकि नै फेरिएको छ । बिहान र साँझ पानी बाड्ने उनको दिनचार्या बनिसकेको छ । “पानी नपाएर जनताहरु दिनहु फोन गर्नुहुन्छ ।पानी माँगेपछि नदिने कुरै आउदैन उनी भन्छन” ।
आफु कार्यकारी पदमा नबसेपनि बिभिन्न पालिकाको सहयोगमा पानी बितरण कार्यलाई निरन्तरता दिएको बताए ।
नेकपा एमालेका युवा नेता समेत रहेको गुप्ता एक हप्ता देखि आफनो टोलवासीलाई ट्यांकरबाट पानी बितरण गर्दै आएका छन ।
छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ताको सहयोगमा उपलब्ध ट्यांकरबाट पानी बितरण कार्यको शुभारम्भ गरेका गुप्ताले अहिले दुई दिन देखि संखुवा प्रसौनी गाँउपालिका अध्यक्ष यशवन्त यादवको सहयोगमा उपलब्ध ट्यांकरबाट पानी बितरण गर्दै छन।
उनले हिजो शनिबार र आज आईतबार पनि पानी बितरण कार्यलाई निरन्तरता दिएका छन । उनले पानीको समस्या समाधानको लागि वीरगंज महानगरले दिर्घकालिन योजना ल्याउनुपर्ने सुझाव दिए ।






