नेनेपाले बीरगंजको हरेक घरमा जय श्रीरामको झण्डा लगाउने 

बीरगंज २० सावन

नेपालका लागी नेपाली पार्टि बीरगंज नगर समितिको आयोजनामा आज बीरगंज नगर क्षेत्रका अगुवा कार्यकर्ता भेला एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। पार्टिका नगर सचिव अनिल पटेलको सभापतितत्वमा र केन्द्रीय अध्यक्ष संतोषानन्द महाराजको प्रमुख आतिथ्यमा सम्पन भएको थियो।

भेलाले बीरगंज नगर क्षेत्रमा रहेको ३२ वडामा एकाई समिति विस्तार गर्ने, बीरगंजको हरेक गरमा जय श्रीरामको झण्डा लगाउने, प्रशिक्षण कार्यक्रम गर्ने, धार्मिक क्षेत्रको संरक्षणमा रचनात्मक भुमिका निर्वाह गर्ने, धार्मिक क्षेत्रको अतिक्रमण गर्ने व्यक्ति होस वा समूहको भंडाफोड़ गर्ने,हिन्दू विरोधी कार्य गर्ने लाई तह लगाऊने, हिन्दू अधिराज्यको नारा सहित शंख जुलूस गर्ने, हरेक महीनामा कार्यको समीक्षा गर्ने निर्णय सहित भेला सम्पन भएको थियो।

लक्ष्मणवा चौक नजिक रहेको होटल दाजूभाई भेटघाटमा भएको कार्यक्रममा नेपालका लागी नेपाली पार्टीका केन्द्रीय सचिव तुलसी पौडेल, केन्द्रीय सदस्य बिनोद कुर्मी, मधेस प्रदेश उपाध्यक्ष मुना गुप्ता, सदस्य सुरेश साह कानू,पर्सा जिल्ला उपाध्यक्ष पवन गुप्ता, कोषाध्यक्ष प्रणय सिन्हा, सह-सचिव आनन्द सिंह, जिल्ला सदस्य संतोष कुशवाहा, दीपेन्द्र महतो, रामजी पासवान, कलैया नगर उपाध्यक्ष बेलास साह कानू, सदस्य धुरुब साह सहित बीरगंज नगर समितिको सदस्यहरुको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।