एसपी थपलियाकाे निधनम

वीरगञ्ज २ भदौ

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको आज निधन भएको छ ।

आज बिहान साइकलमा गढीमाई गएर आएका एसपी थपलियाको दिउँसो १ बजे हृदयाघातबाट मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

आराम गरेकै ठाउँमा अचेत भएका थपलियाकाे नेपाल मेडिसिटी बयोधा अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएकाे रेग्मीले बताए ।

नुवाकोट स्थायी घर भएका थपलिया सात महिनाअघि मात्रै पर्साको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटरमा गणपति बनेर आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।