जसपा नेपाल पर्साको अगुवा कार्यकर्ता भेला एवं चियापान कार्यक्रम सम्पन्न

जसपा नेपाल पर्साको अगुवा कार्यकर्ता भेला एवं चियापान कार्यक्रम सम्पन्न

वीरगञ्ज १६ कार्तिक

जनता समाजवादी पार्टी नेपाल पर्साले बुधबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवंम चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका जिल्लाभरका अगुवा नेता कार्यकर्ताहरु उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य  एवं पार्टीका सचेतक प्रदिप यादब, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पार्टीका केन्द्रीय सदस्य मोहनलाल चौधरी, जनार्धन यादब, भीमा यादब, संघीय परिषद सदस्य विपिन यादव, शिवजी शोनी, जिल्ला समन्वय समितिका सभापति अजय सर्राफ, पार्टी का महानगर अध्यक्ष इश्वर चन्द्र यादव, प्रेमबाबु पटेल, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

पार्टीका जिल्ला अध्यक्ष सिंगासन साह तेलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सहजिकरण पार्टीका जिल्ला सचिव उमेशलाल सहनीले गरेका  थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।