भुकम्प स्थल तर्फ भारतिय राजदुत सहित टोलि आज प्रस्थान हुने

शुक्रबार राती जाजरकोट र पश्चिम् रुकुममा गएको भुकम्पमा राहत सहयोग गर्ने स्थलगत अनुगमन गर्ने कार्य जारी रहेको छ । भुकम्प स्थल अध्ययन टोलि समेत जाजरकोट र रुकुम पुगेको छ । आज आइतबार काठमाडौं स्थित रहेको भारतिय दूतावासका राजदुत नवीन श्रीवास्तव सहितको टोलि घटना स्थल जाजरकोट पुग्ने जानकारी दिएको छ । विभिन्न स्वास्थ्य सामाग्री , खाद्यान्न सामाग्री सहितको राहत लिएर भारतिय राजदुत श्रीवास्तव सहितको टोलि त्यस तर्फ जाने बताईएको छ  । आज राजदुत श्रीवास्तवले नेपालगन्ज एयरपोर्टमा ३ बजे सो सम्बन्धि जानकारी दिने र भुकम्प स्थल तर्फ राहत पठाईने श्रोतले  जनाएको हो ।  जाजरकोटमा भूकम्पका कारण त्यहाँका नागरिकले शनिवार रातभर त्रासमै बिताएका छन् ।उनीहरुमध्ये अधिकांशले खुला आकाशमुनि रात बिताउन बाध्य छ्न । पटक–पटक गइरहेका पराकम्पहरुले उनीहरुको बास सडकमै भएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा ११ जिल्ला प्रभावित भएका छन् । भूकम्पमा परि हालसम्म एक सय ५७ जनाको मृत्यु भएको हो । सोही दु:खद बेलामा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले नेपाललाई आवस्यक सम्पुर्ण खालको सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । भारतिय दूतावासले यस अघि पनि नेपालको काठमाडौं सहित , सिन्धुपाल्चोक , नुवाकोटमा आएको भुकम्पले बिस्थापित भएकाहरुको घर निर्माण लगाएतको सहयोग गर्दै आएको छ ।नेपालमा स्वास्थ्य , शिक्षा , बाटो समेतमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।