ईश्वरचन्द्र यादवको अध्यक्षतामा लक्ष्मणवा छठघाट व्यवस्थापन समिति गठन
ईश्वरचन्द्र यादवको अध्यक्षतामा लक्ष्मणवा छठघाट व्यवस्थापन समिति गठन

बीरगन्ज,२१ कार्तिक
बीरगन्ज महानगरपालिकाको वडा नं. १५ लक्ष्मणवामा छठ पुजा व्यवस्थापन समिति गठन भएको छ । प्रगतिशिल युवा क्लबका अध्यक्ष एवं युवा नेता ईश्वरचन्द्र यादवको अध्यक्षतामा छठ पुजालाई सभ्य र भव्य बनाउनको लागि समिति गठन भएको समितिका सचिव संजय पटेलले बताए ।
समितको उपाध्यक्षमा संजय कापर, प्रमाेद घिमिरे र मुकेश गिरी,सह सचिवमा सिकेन्द्र साह, कोषाध्यक्षमा गगनदेव साह सोनार,सहकोषाध्यक्षमा राकेश पटेल लगायतको चयन भएको समितिका सचिव पटेलले बताए ।
लक्ष्मणवाको छठघाट सजावटको लागि करिब ९ लाखको बजेट रहेको तथा उक्त छठघाटमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुने समितिका अध्यक्ष ईश्वरचन्द्र यादवले बताए ।
घाटमा खेसारी २,खुश्वु प्रितम,बर्षा श्रेष्ठ,झुना राजा लगायतको कलाकारहरुले सांस्कृतिक प्रस्तुती दिने कार्यक्रम तय भएको समितिका अध्यक्ष यादवले बताए । त्यसैगरी ओमप्रकाश यादव संयोजकत्वमा मञ्च व्यवस्थापन समितिको गठन गरिएको छ भने सूचना तथा संचार व्यवस्थापनको जिम्मा संतोष साहलाई दिइएको अध्यक्ष यादवले बताए । सभार : नेपाल पोष्ट






