तराई मधेशमा चिनियाँ विस्तारवादीं बिरुद्ध अभियानको समिति विस्तार

तराई मधेशमा चिनियाँ विस्तारवादीं बिरुद्ध अभियानको समिति विस्तार

बारा २७ मंसिर

तराई मधेशका जिल्लाहरुमा राष्ट्रिय एकता अभियानले उठाएको चिनियाँ विस्तारवाद र जिहाद अतिवाद विरुद्धको अभियान प्रति सक्रियता बढ्दै गएको छ ।

चिनियाँ विस्तारवाद र जिहादी अतिवादको विरुद्ध अभियान चलाउँदै संघीय हिन्दु गणतान्त्रिक देश स्थापनाका लागि कार्य गर्दै आएको “राष्ट्रिय एकता अभियान” ले बाराका युवा अभियंता बिनय राज शर्माको अध्यक्षतामा “राष्ट्रिय एकता अभियान, बारा ” को जिल्ला तदर्थ समिती गठन गरिएको हो ।

बाराका क्रन्तिकारी नेता राजेश रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका संरक्षक मण्डलका सदस्य सेवक सौरभनाथ बाबा , केंद्रीय अध्यक्ष विनय यादव र राष्ट्रिय विद्यार्थी परिषदका संयोजक विवेक कुशवाहा, समाजिक अभियंता राधा चौधरी, लगायतका अभियन्ताहरुको विशेष उपस्थितिमा भएको भेलाले १५ सदस्यीय जिल्ला तदर्थ समितिको सदस्यमा नरेंद्र भगत माली, ,ब्रिजकिशोर पाण्डेय, संजीव कुमार यादव, उर्मिला महतो, दीपक मण्डल,नरेंद्र गिरी, शम्भू साह, हरिओम साह, मनीष चौधरी, रामदिनेश यादव, राजेश कुमार कुशवाहा, विशाल पासवान लागयत रहेका छन।

कार्यक्रममा सहभागी भएकाहरु मध्ये अभिव्यक्ति दिएका वक्ताहरुले वर्तमानमा शासन सत्तामा रहेकाहरुको कर्तुतको कारण नेपाल आमाका सपुतहरुको संघर्ष र बलिदानले ल्याइएको संघीयता र गणतन्त्र बदनाम भइरहेकोले परिवर्तनकारी शक्तिहरू बेलामै सचेत भई अधिकांश नेपालीहरुको चाहना अनुसार नेपाललाई “संघीय हिन्दु गणतन्त्र नेपाल” घोषणामा विलम्ब गर्न नहुने बताएका थिए ।

संघीयता र गणतन्त्र प्रणालीलाई सुदृढ बनाउँदै राष्ट्रलाई बलियो बनाउन आम नागरिकलाई “राष्ट्रिय एकता अभियान” मा गोलवन्द हुन समेत राष्ट्रिय एकता अभियानको अध्यक्ष विनयकुमार यादवले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।