भ्रष्टाचारको मामिलामा त्रिनेत्र कहलिएका प्रमुख गौतमको संरक्षणमा महेन्द्र र बिचौलिया हरिको कालाकर्तुत बाहिर छताछुल्ल
भ्रष्टाचारको मामिलामा त्रिनेत्र कहलिएका प्रमुख गौतमको संरक्षणमा महेन्द्र र बिचौलिया हरिको कालाकर्तुत बाहिर छताछुल्ल

अजय चौरसिया
वीरगंज ३ पुस
सोमबारको यस अनलाईनमा “प्रमुख गौतमको आर्शिवादले बिचौलिया हरि र उनका बुवा महेन्द्र सवारी शाखामा आतंक मच्चाउदै” शिर्षकको समाचार प्रकाशित भए पछि बिचौलिया हरिवंश प्रसाद गुप्ताले आत्तिएर मानसिक सन्तुलन गुमाए सरह सामाजिक सञ्जाल फेसबुकमा अनावश्यक कमेन्ट गरी र उनले आफ्नो फेसबुक स्टाटसमा एक लाख रुपैया माग गरेको र नदिए पछि समाचार लेखेको अफवाह फैलाएका छन् । साथै नियमनकारी निकायलाई छानबिन गर्न आग्रह पनि गरेका छन् भने उनका बुवा कार्यालय सहयोगी महेन्द्र साहले कार्यालयमा कर्मचारीहरुलाई जम्मा गरी सामाचार रोक्न लगाउनुस भन्दै विभिन्न किसिमको नाटक मञ्चन गरी यस अनलाईनमा मोबाईल फोन गरी समाचार नलेख्न अनुनय बिनय गरेका थिए । बिचौलिया हरि सँग यस अनलाईनको कही कतै भौतिक रुपमा भेट नभएतापनि उनी केही दिन पहिला मोबाईल फोन गरी यातायातको सवारी शाखामा सनाखत नामसारी ९८ प्रतिशत हुन्छ र म पनि दैनिक रुपमा गर्दै गराउदै आएको स्वीकार गरेको अडियो रेकर्ड यस अनलाईन सँग सुरक्षित रहेको छ । जबकी यस अनलाईन सँग भेट नभएको अवस्थामा कसरी र कुन तरीकाले कहाँ, कति रकम मागिएको हो ? हिम्मत छ भने प्रमाणित गर्न यस अनलाईनको चुनौती छ । आफु र आफ्ना बुवा मिलेर सेवाग्रहीहरुलाई लुटने प्रवृति बनाएकोमा सोलाई निरुत्साहित गर्ने उदेश्यले समाचार प्रकाशन गर्दा सामाजिक सञ्जालमा अनावश्यक कुरा लेखेर यस अनलाईनको मनोबल खस्काउन खोजेको र सोबाट यस अनलाईन कतिपनि बिचलित नहुने प्रतिबद्धता व्यक्त गर्दछ । यस अनलाईनले पटक–पटक नियमनकारी निकायलाई छानबिन गर्न ध्यानाकर्षण गराउँदा पनि छानबिन नहुनुले सचेत नागरिकहरु आश्चर्यमा समेत परेका छन् । समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपाल लगायतका नियमनकारी निकायमा उजुरी हाल्न अधिकार हुँदा हुँदै पनि सो नगरी बिचौलिया हरिले सामाजिक सञ्जालमा अनावश्यक कमेन्ट गरी अपशब्द प्रयोग गर्दै आएकोले साईबर अपराधमा कानुनी उपचार खोज्न यस अनलाईन बाध्य भएको छ ।
यातायात व्यवस्था वीरगंजका प्रमुख कमल गौतमले सवारी शाखा र सवारी चालक अनुमति पत्र (लाईसेन्स)मा करोडौं करोड भईरहेको भ्रष्टाचारको रकमबाट नियमनकारी निकायहरुलाई भाग दिईरहेको र उनकै संरक्षणमा कार्यालय सहयोगी महेन्द्र साह र उनका छोरा बिचौलिया हरिले अनियमित्ता गरिरहेको हुनाले छानबिन हुन नसकेको समाचार स्रोतको भनाई रहेको छ ।
हरिवंश लेखनदास वा कर्मचारी नभए तापनि उनी सेवाग्रहीहरुलाई आकर्षित गर्दै सनाखत नामसारी गर्ने गराउने गरेको स्वीकार गरेका छन् । नारायणघाट, चितवन, मकवानपुर, निजगढ लगायतका ठाउँहरुमा खुलेका रिकन्डिसन साहुहरु सँग प्रति ब्लुबुक ४ देखि ५ हजार सम्म रकम असुली सवारी शाखाका केही अधिकृतहरुलाई प्रलोभनमा पारी प्रति ब्लुबुक २ देखि ३ हजार सम्म दिई सनाखत नामसारी गर्ने गराउने गरेको स्रोतको भनाई रहेको छ । जुन कानुन बिपरितका कार्यहरु हुन् ।
सवारी नामसारी गराउनका लागि लिने र दिने दुबै व्यक्तिको अनिवार्य उपस्थिति हुने नियम रहे पनि रकमको बलमा यस्तो कार्य हुदै आईरहेको मोटरसाईकल फाँटमा कार्यरत्त एक जनाले नाम नछाप्ने शर्तमा बताएका छन् ।
यदि नियमनकारी निकायले हरिको मैसेन्जर चेकजाँच गरेर अनुसन्धान प्रक्रिया अगाडि बढायो भने उनको अनियमित एवं भ्रष्टाचारजन्य कार्यहरु घाम जतिकै छर्लङ्ग हुने ती मोटरसाईकल फाँटमा कार्यरत्त व्यक्तिको दाबी रहेको छ । सयकडौं सनाखत नामसारी गराएका बिचौलिया हरिले ब्लुबुकमा मात्र आधिकारिक कर्मचारीलाई घुसको रकम दिई सही गराई सेवाग्रहीहरुलाई पठाएको र सो सनाखत नामसारीको हालसम्म मोटरसाईकल रजिस्टरको ढाडामा नचढाईएको समाचार स्रोतको कथन रहेको छ । तर सेवाग्रहीहरु ढाडामा पनि चढेको विश्वस्त हुदै फर्केको बताईएको छ ।
भ्रष्टाचार गर्न गराउनमा त्रिनेत्र कहलिएका कार्यालय प्रमुख कमल गौतमले सवारी शाखाको फाँटै पिच्छे बेतल्बी कर्मचारीहरु राखी कार्यालयलाई भ्रष्टाचारको आँखडा बनाई सेवाग्रहीहरुको बिचौलिया सँग काम गराउदै रकम असुल्दै आएको एक अर्को स्रोतको भनाई रहेको छ ।
करिब २०६८ साल देखि सवारी शाखामा कार्यरत्त कार्यालय सहयोगी महेन्द्र साहको अनिवार्य अवकाशको समय करिब ५ महिना बाकी रहेकोले उनी पटकेको रसिद काटदा “एनिहाउ पैसा कमाउ” अभियानमा तिब्र गतिले लागेको स्रोतले जनाएको छ । नेपाली गाडी साहुहरुले आफ्नो गाडीको पटके रसिद कटाउन जाँदा रसिदको अलावा प्रत्येक गाडी धनीहरु सँग साहले २ सय देखि ५ सय सम्म असुल्ने गर्ने गरेको ती स्रोतको भनाई रहेको छ ।
भारतीय पर्यटकहरुले भारतीय नम्बरको गाडी लिएर पटके कटाउन जाँदा उनीहरु सँग रसिदको अलावा साहले ५ सय देखि २ हजार सम्म असुल्ने गर्ने गरेको बताईन्छ । पटकेको रसिद काटन जिम्मा पाएका कार्यालय सहयोगी महेन्द्र साहले दैनिक करिब ५ हजारसम्म घुसको रकम असुल्ने गर्ने गरेको स्रोतको दाबी रहेको छ ।






