प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौं द्वारा करिब ७.५ टन प्याज बोकेको मिनी ट्रक सहित चालक नियन्त्रण

प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौं द्वारा करिब ७.५ टन प्याज बोकेको मिनी ट्रक सहित चालक नियन्त्रण

बीरगंज, ०५ पुष

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौं पर्सा ले बुधबार राति करिब १२:३० बजेको समयमा विशेष सूचनाको आधारमा बीरगंज महानगरपालिका बड़ा नं. २६ बाट १ सय ४८ बोरा प्याज सहित एउटा मिनी ट्रक लाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप थापाको कमान्डमा खटिएको चेकप्वाईन्ट टोलीले से. १ क ८४० नम्बरको मिनी ट्रकबाट करिब ७.५ टन, खुद्रा बजार मूल्य रु. ६ लाख ७५ हजार रहे तापनि भन्सार मूल्यांकन रु. ३ लाख ४८ हजार बराबरको अबैध रुपमा भन्सार छली ल्याएको प्याज र मिनीट्रक को रु. १० लाख गरि जम्मा रु. १३ लाख ४८ हजार बराबर को सामान र चालक सहित आबस्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालय, पर्सा मा बुझाएको कुरा गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।