समाजवादी प्रेस संगठनको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साको दोश्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ ।
१२ गते शुक्रवार हुने सो सम्मेलनमा संगठनका क्रियाशिल सदस्यहरुको सदस्यता नविकरण भईसकेको र ईच्छुक नयाँ सदस्यहरुले सदस्यता लिएकोमा वहाँहरुलाई पनि सहभागी गराई सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्ने सम्मेलन आयोजक कमिटीका संयोजक आशमहम्मद मियाँले बताए ।
सम्मेलनमा सांगठनिक तथा आर्थिक प्रतिवेदन माथि छलफल भए पछि नयाँ नेतृत्वको चयन हुने संयोजक मियाँले बताए ।




