जसपा नेपालको सशक्त घरदैलो : फेटा–१ का त्रिवेणी, अकुनिया र भलुहीमा सन्जु साहसँगै पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल

जसपा नेपालको सशक्त घरदैलो : फेटा–१ का त्रिवेणी, अकुनिया र भलुहीमा सन्जु साहसँगै पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल

बारा १३ फागुन

बारा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत फेटा गाउँपालिका–१ का त्रिवेणी, अकुनिया र भलुहीमा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) का उम्मेदवार सन्जु साहले घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। अभियानमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल समेत सहभागी हुँदै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन्।

घरदैलोका क्रममा नेताद्वयले स्थानीय बासिन्दासँग संवाद गर्दै मधेशको अधिकार, पहिचान र समावेशी विकास जसपा नेपालको मुख्य एजेण्डा रहेको बताएका छन्। उनीहरूले संविधान संशोधनमार्फत प्रदेशलाई थप अधिकार, सीमावर्ती क्षेत्रको आर्थिक सशक्तीकरण, कृषि र साना उद्योगको प्रवर्द्धन तथा युवालाई रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे।

सन्जु साहले बारा–४ लाई कृषि, व्यापार र शिक्षा क्षेत्रमा अगाडि बढाउन विशेष योजना ल्याउने दाबी गर्दै मधेशका मुद्दा समाधान गर्न जसपा नेपाल नै प्रभावकारी शक्ति भएको बताए। पूर्वमुख्यमन्त्री सोनलले मधेशको सम्मान, आत्मनिर्णयको अधिकार र समानुपातिक प्रतिनिधित्वका सवालमा पार्टी स्पष्ट रहेको उल्लेख गरे।

स्थानीयवासीले सडक, सिँचाइ, स्वास्थ्य र रोजगारका विषयमा आफ्ना गुनासा राखेका थिए। ती समस्या समाधानका लागि संसद् र प्रदेश सरकारमा सशक्त आवाज उठाउने आश्वासन नेताहरूले दिएका छन्।

जसपा नेपालको नेतृत्वमा मधेशको समृद्धि र अधिकार सुनिश्चित हुने दाबी गर्दै उम्मेदवार साहले आगामी निर्वाचनमा पार्टीको चुनाव चिह्नमा मतदान गरी परिवर्तनको पक्षमा उभिन मतदातासँग आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।