आफ्नो जिम्मेवारी पुरा नगर्नेलाई कुनै किसिमको छुट हुदैन् : कार्यकारी निर्देशक भट्टराई

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक डा. ध्रवराज भट्टराईले सरकारको नीति, लक्ष्य र उद्देश्य प्राप्त हुने गरी काम गर्नुपर्ने बताएका छन् । आफ्नो जिम्मेवारी पूरा नगर्नेलाई कुनै किसिमको छुट नहुने बताउँदै उनले सबैले आफ्नो तोकिएको जिम्मेवारी पुरा गर्नुपर्ने निर्देशन दिए ।
नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा आ.व.२०८०÷८१ को अर्ध बार्षिक प्रगति समीक्षा तथा आ.ब.२०८१/८२ को बजेट कार्यक्रम गोष्ठीलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक भट्टराईले यस्तो बताएका हुन् ।
धान, गहुँ, मकै लगायतका बालीको उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउँने गरी अगाडी बढिरहेको सरकारको लक्ष्य पुरा गर्नका लागि नार्कका बैज्ञानिक र कर्मचारीले सोही अनुसार आफ्नो जिम्मेवारी पुरा गर्दै अगाडी बढनुपर्ने उनले बताए ।
नार्कमा काम गर्ने कर्मचारी र बैज्ञानिकहरु व्यक्तिगत चाहनामा भन्दा पनि सरकारको लक्ष्य, नीति र उद्देश्यलाई अधार मानेर अनुसन्धानका कार्यक्रमहरु तय गर्नुपर्नेमा जोड दिंदै कार्यकारी निर्देशक भट्टराईले भने, ‘व्यक्तिगत चाहना र शोचबाट माथि उठेर सँस्था र देशको आवश्यकतालाई विचार गरी जिम्मेवारी पूरा गर्नुपर्छ, । जिम्मेवारीबाट पञ्छिएर असान्दर्भिक कार्यहरुमा रुमल्लिने छुट अब कसैलाई पनि छैन ।’
राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा.सुरेन्द्र लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न पहिलो सत्रको कार्यक्रममा नार्कका योजना तथा समन्वय निर्देशक डा.लुमानिधि पाण्डे, बाली तथा वागवानी अनुसन्धान निर्देशक टिकाबहादुर कार्की, प्रशासन निर्देशक युवराज भुसाल, आर्थिक प्रशासन निर्देशक मनसकुमार कँडेल, राष्ट्रिय पशु बिज्ञान अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. निना गोर्खाली, बिभिन्न केन्द्रका प्रमुख र कार्यक्रम संयोजकहरु, योजना अधिकृत तथा अन्य कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यक्रमको दोस्रो सत्र नारी भवनको सभाहल र नास्री भवनको सभाहलमा छुटाछुटै गरी दुई ठाउँमा भएको थियो । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार कार्यक्रममा बिभिन्न कार्यालयका अर्धवार्षिक प्रगति विवरण प्रस्तुत गर्नुका साथै तिनको समीक्षा र आगामी वर्षको अनुसन्धान कार्यक्रमहरुको प्रस्तुति भएको थियो । उनका अनुसार खुमलटारस्थित नार्क अन्तर्गतका कार्यालहरुको गत ६ महिनामा पूँजिगत र अनुसन्धानका कार्यक्रममा लक्ष्य अनुसार सन्तोषजनक प्रगति भएको देखिन्छ । कार्यक्रम बुधबार र बिहीबार गरी दुई दिनसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।