स्टार डिजिटल वर्ल्ड भाग्यो, अभियान भाग्ने तयारीमा, प्रहरी प्रशासन मौन !

वीरगंज । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवी लामिछानेले सुशासनको प्रत्याभूति नागरिकमा गराउने उदेश्यले नीतिगत निर्णय र निर्देशन गर्दै आएपनि कार्यान्वयन गर्ने निकायहरु भ्रष्ट्राचारमा लिप्त हुदै गएपछि सरकारले थालनी गरेको जनतामा आशा जगाउने अभियान तत्काल संभव नहुने देखिएको छ ।

स्टार डिजिटल वर्ल्ड प्राईभेट लिमिटेडका सञ्चालक राकेश कुमार वर्णवालले आफ्ना ग्राहकहरुलाई सदस्य बनाई करोडौं रकम लिएर भागेको महिनौं बित्ति सक्दा पनि प्रहरीको फरार सूचिमा रहेका वर्णवाललाई हालसम्म पक्राउ गर्न असफल रहदां पिडितहरु घर न घाटका भएका छन् । स्टार जस्तै कार्य गरिरहका अभियान डिजिटल वर्ल्ड प्राईभेट लिमिटेडले आफ्ना ग्राहकहरुलाई १९ औं किस्ता खेलाई करोडौं करोड अपचलन गरी भाग्ने तयारीमा रहेको समाचार स्रोतको कथन रहेको छ ।

स्टार त भाग्यो–भाग्यो, अभियानका मुख्य सञ्चालक विष्णु प्रसाद काफ्ले र सहायक सञ्चालकहरु वीरगंज घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्ता लगायतकालाई स्थानिय प्रहरी प्रशासनले बेलैमा पक्राउ गरी कानुनी प्रक्रिया अगाडि नबढाउँदा ग्राहकहरुको करोडौं करोड रकम डुब्ने र ग्राहकहरु बिल्लीबाठ हुने निश्चित जस्तै देखिएको अभियानमा कार्यरत्त एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । अभियान डिजिटल वर्ल्ड प्राईभेट लिमिटेडले किस्ताबन्दीको नाममा ग्राहक ठग्दै गरेको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशन भए पनि स्थानिय प्रहरी प्रशासनले कारवाही गर्नुको सटा हालसम्म मौन बस्नुले अनेकन किसिमको शंका उपशंका उब्जिन थालिएको छ ।

अभियान डिजिटलले किस्ताबन्दीको नाममा ग्राहकहरुलाई ठग्ने गर्ने गरेको यथार्थ कुराहरु वीरगंजवासी सँग लुकेको छैन् । डिजिटलको अबैध किस्ताबन्दीको धन्दा अझै सुचारु रहेको कारण पिडितहरु घर न घाटका भएका छन् । पाठकवृन्द, किस्ताबन्दीमा सामग्रीहरु उपलब्ध गराउनुको मतलब ग्राहकलाई पहिला सामान दिनु पर्छ र सो ग्राहक सँग सामान वापतको रकम किस्ताबन्दीमा उठाउनु पर्छ । तर अभियानका सञ्चालकहरुले ग्राहक कार्ड छपाएर प्रत्येक ग्राहक सँग मासिक ११ सय ७५ रुपैया असुल्दै मासिकै पिच्छे एकान्त ठाउँमा चिठा खोल्ने गरेका छन् । चिठा खोल्ने काम युट्युब मार्फत हुन्छ, त्यसमा जो ग्राहक छ त्यसैलाई मात्र सो युट्युबमा जोडिएको ग्राहकहरु नै बताउँदछन् । नेपालमा चिठा खोल्ने कार्य कानुन विपरितका काम हुन् । महिनै पिच्छे किस्ताबन्दीमा रकम असुल्दै चिठा खोल्दै कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु देखाउदै सदस्यहरुलाई अभियानले ठगी गर्दै आएको प्रष्टै देखिन्छ ।

अभियानले अभियान नामक टिभी एसेम्बल गरी उत्पादन गर्ने उदेश्यले कम्पनिको रजिष्टारबाट काठमाडौं–१३ मा गर्ने अनुमति लिएको हो । सञ्चालक काफ्लेले कम्पनी रजिष्टारको कार्यालय र घरेलु तथा साना उद्योगको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा अभियान डिजिटल वर्ल्ड प्राईभेट लिमिटेड दर्ता गराउंदा उदेश्यमा ईलेक्ट्रोनिक सामानहरु एसेम्बलीङ गरी विक्री गर्ने भनिए पनि स्थानिय प्रहरी प्रशासनहरुलाई मोटो रकम बुझाउदै देशको दर्जनौ ठाउंमा गोलाप्रथाद्धारा किस्ताबन्दी खेलाउदै ठगी धन्दा गर्ने गरेको बताईन्छ । अध्यक्ष काफ्लेलाई प्रश्नः तपाईको अभियान नामक टिभीको कारखाना काठमाडौंमा छ ? टिभी उत्पादन गर्ने नाममा देशको दर्जनौ ठाउँमा गोलाप्रथाद्धारा किस्ताबन्दी खेलाउने अनुमति छ ? छ भने, कहाँबाट लिनु भएको हो ? सदस्यहरुलाई मात्र युट्युबमा जोडी गोलाप्रथा गराउने अनुमति कुन निकायले दिएको हो ? ग्राहकहरु सँग महिनै पिच्छे ११७५ रुपैयाको दरले २४ महिनामा २८ हजार २ सय असुलेर केही नपरे अन्तिम महिनामा सान्तवना स्वरुप टिभी दिने नियम तपाईको प्रबन्धपत्रमा उल्लेख छ ? दर्शाईएको प्रश्नहरुको जवाफ दिन हिम्मत छ ?

पाठकवृन्द, अध्यक्ष काफ्लेले टिभी एसेम्बल गर्ने अनुमति लिई वीरगंजबाट मात्र चिठ्ठा र किस्ताबन्दीको सदस्य बन्नेहरु सँग प्रवेश शुल्क रु. ५० र मासिक शुल्क ११ सय ७५ रुपैया कम्पनीको प्रतिनिधि मार्फत जम्मा गर्ने गरेका छन् । जम्मा सदस्यहरु ७ हजार ९ सय ९९ रहेको किस्ताबन्दीमा सहभागी एक सदस्यले बताएका छन् । मासिक ११ सय ७५ को दरले ७ हजार ९ सय ९९ जनाको रकम ९३ लाख ९८ हजार ८ सय २५ रुपैया आउंछ भने २४ औं किस्तासम्म चल्ने गोलाप्रथाद्धारा किस्ताबन्दी २४ महिनामा २२ करोड ५५ लाख ७१ हजार ८ सय असुल्ने गर्ने गरेका छन् । वीरगंजको कार्यालयमा साझेदारी रही जिम्मा पाएका घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्ता वीरगंजमा बिवादित र नेटवर्किङ्गको काममा माहिर व्यक्तिको रुपमा चिनिने गरिन्छ । सुरु–सुरुमा अभियान डिजिटलमा काम गर्ने गरेका वीरगंजका राकेश कुमार वर्णवालले अबैध धन्दाको मोटो आम्दानी देखेपछि अभियानबाट छुटिएर केही महिना देखि सञ्चालनमा आएको स्टार डिजिटल वर्ल्ड प्राईभेट लिमिटेड नामक कम्पनि दर्ता गराई अभियान सरहकै ठगी धन्दा सुचारु गर्दा हजारौं सदस्यहरुलाई बिल्लीबाठ बनाई फरार भएका छन् ।

स्टार डिजिटल वर्ल्डका सञ्चालक राकेश कुमार वर्णवालले चिठा खेलाउदै गरेको भिडियो । हाल उनी फरार रहेका छन् ।

अभियानले पर्साका प्रहरी प्रशासनलाई रिझाउदै आफ्नो काम अझै सुचारु राखेको छ भने स्टार डिजिटल वर्ल्डले स्थानिय प्रहरी प्रशासनलाई रिझाउन नसक्दा फरारको सुचिमा रहेको प्रहरी स्रोतको भनाई रहेको छ । प्रहरीको फरार सुचिमा रहेका स्टारका वर्णवालले कार्यालयमा ताला झुण्डयाउदै सम्पर्क विहिन भएपछि पिडितहरु घर न घाटका भएका छन् । अभियानको कार्यालय वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वामा रहेको छ भने स्टारको कार्यालय वीरगंज महानगरपालिका वडा नं. १५ भेडियाहीमा रहेको छ । यस सन्दर्भमा अभियानका सञ्चालक विष्णु प्रसाद काफ्ले सँग मोबाईल फोन गरी प्रतिक्रिया लिन खोज्दा उनले हामी चिठा नखेलाई आफ्नो ग्राहकहरु बीच लक्की ड्र खेलाईरहेको स्वीकार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।