फेटा–१ रजवटीयामा टोल सुधार समिती गठन

बारा । बारा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर १ रजवटीयामा सोमबार टोल सुधार समिती गठन भएको छ । भ्रष्टाचार बिरुद्धको अभियान अन्तर्गत रजवटीयामा शेषनाथ यादवको संयोजकत्वमा २९ सदस्यीय कार्यसमिती गठन भएको हो ।

फेटा गाउँपालिका वडा नम्बर १ रजवटिया टोलका जनता संग पटक–पटक भइरहेको बिभेद, बजेटमा भइरहेको भ्रष्टाचार, अनियमित्ता, शिक्षामा हुने गरेको कमी कमजोरी, कृषकको नाममा भइरहेको ज्यादती, युवाहरूको भविष्य संग भइरहेको खेलवाड लगायत बिषयमा ध्यान केन्द्रित गर्दै टोल सुधार समिति गठन गरिएको स्थानीय युवाहरुले जनाएका छन ।

टोेल सुधार समितिको सह—संयोजकमा उपेन्द्र यादव, सदस्यहरुमा कृष्ण साह, सुदेश कुश्वाहा, जवाहिर पासवान, अमिर पासवान, सनोज कुमार यादव, विकेश पासवान, सेन्डो पासवान, अम्बिका पडित, रामकिसुन पडित, जितेन्द्र पासवान, छटु पासवान, राहुल पासवान, अमिरलाल पडित, श्रीलाल पासवान, राजसंकर पासवान, भोला कुमार पासवान, रामभरोस यादव, राकेश कुमार प्रजापति, देवलाल प्रसाद यादव, चन्द्रिका पडित, नथुनी पासवान, रमेश पासवान लगायत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।