अन्तर्राष्ट्रिय अवार्डबाट बाराका पत्रकार दुबे सम्मानित

बारा २० जेठ । सार्क जर्नालिष्ट फोरमले बाराका चर्चित पत्रकार तथा समाजसेवी दुबेलाइ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको छ । काठमाण्डौको ठिमी ब्यान्कटमा सार्क जर्नालिष्ट फोरमले आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनमा बाराका चर्चित पत्रकार तथा समाजसेवी उमेश दुबेलाइ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको हो ।
बाराबाट प्रकाशित शुभ आरम्भ राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक, पर्साबाट संचालित जन गुनासो अनलाइनका संचालक, ग्लोबल टेलिभिजनका ब्यूरो प्रमुख समेत रहेका दुबेलाइ सार्क जर्नालिष्ट फोरमले कदर गर्दै अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ । पत्रकारिता क्षेत्रबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएका उमेश दुबेलाई सार्क जर्नालिष्ट फोरमका केन्द्रिय अध्यक्ष राजु लामाले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गर्नु भएको हो ।






