आंचल बन्नी जिल्लाकै उत्कृष्ट छात्रा
आंचल बन्नी जिल्लाकै उत्कृष्ट छात्रा

पर्सा, १५ असार
२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.९६ अंक ल्याएर उर्तिण हुने आंचल कुमारी पटेलले वीरगंजमा मात्रै नभई सिंगो पर्सा जिल्लाको शान बढाएकी छिन् ।
वीरगंज महानगरपालिकाको वडा नं.– १४ निवासी हरेन्द्र पटेलकी माइली छोरी आंचल कुमारी पटेल वीरगंज वडा नं. ८ पानीटंकी स्थित एन्जल वल्ड स्कुलमा अध्ययन गर्दै आएका थिए । उनी पढ्नमा अत्यन्तै लगनशिल मेहनेतीको साथै एकदमै अनुशासित छात्राको रुपमा रहेको उक्त विद्यालयले जनाएको छ ।
हिजो नतिजा प्रकाशित हुँदा उनी ३.९६ प्रतिशत ल्याए ।
हिजो प्रकाशित भएको एसईईको परीक्षाको नजितामा देशभरीमै शतप्रतिशत (४ जि पि ए ) नम्वर ल्याएर १८६ जना छात्रछात्राहरु उतिर्ण भएका मध्ये पर्सा जिल्लाको वीरगंज महानगरपालिकाका छात्राले पनि आफ्नो नाम र स्थानलाई २०८० सालको एसईई परीक्षामा स्वर्णीम अक्षरले लेखाउन सफल भएकी छिन् पर्सा जिल्लाकै पहिलो उत्कृष्ट छात्रा बन्न सफल भएकी छिन् ।





