राष्ट्रिय स्वतन्त्र पार्टी ठोरी सभापतिमा माधब बस्नेत

राष्ट्रिय स्वतन्त्र पार्टी ठोरी सभापतिमा माधब बस्नेत

वीरगंज १५ असार

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ठोरी पालिका भेलाले सभापतिमा माधब बस्नेत निर्बिरोध चयन भएका छन । आज ठोरिको भन्सार चोकमा आयोजित रास्वपाको प्रथम भेलाले बस्नेत लाई सभापतिमा चयन गरेको हो ।
उनी होटल ब्यबसायी महासंघ नेपाल को केन्द्रिय सदस्य र होटल तथा पर्यटन व्यावसायि संघ पर्साका महासचिव समेत हुन । उनी लामो समय देखि होटल ब्यबसायमा सम्लग्न छन ।

भेलाले माधब बस्नेतको सभापतित्वमा ११ सदस्यीय पालिका समिती चयन गरेको छ । समिती उपसभापतिमा रामशरण लमिछाने , सचिब धन बहादुर श्रेष्ठ , कोषाध्यक्ष रमा श्रेष्ठ र सदस्य हरुमा प्रबेश बस्नेत ,भुबन बुढाथोकी ,तारा बहादुर श्रेष्ठ ,पदम श्रेष्ठ , कालमान लोप्चन , भक्त कुमारी पण्डित र उदय लाल कायस्थ चुनिएक हुन ।
रा स्व पा क्षेत्र न ४ सभापति जितेन्द्र मिश्र को सभापतिव सम्पन्न उक्त भेलामा प्रमुख अतिथि केन्द्रिय सदस्य डा नन्दन यादबले पार्टीको नीति को बारेमा प्रकाश पार्दै अब देखि पार्टीको कार्यक्रममा खादा माला र ब्याच प्रयोग नगर्न आग्रह गरे । रास्वपा पर्सा जिल्ला संयोजक हरि पन्तले स्वागत भाषण गर्दै युबा पंक्ति हरु राजनीति अगाडि आउन आग्रह गरे । प्रमोद रायमाझी ले सहजीकरण गरेको उक्त कार्यक्रममा पार्टीको अभियान तथा प्रचार प्रसार बिभाग प्रमुख राम सरार्फ ,उप संयोजक तुलशा पौडेल , पुर्ब संयोजक दिलिप कुर्मी ,प्रदेश सदस्य सुदिश प्रजापती , पुर्शोतम देब उपाध्याय ,कामोध्या चौधरी , राम आर्य , कृष्ण पास्वान , सन्दीप पुरी लागाएतको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: यो समाग्री सुरक्षित छ ।