चन्द्रयान–३ को सफलता पछि सूर्यको अध्ययन गर्न नयाँ मिसनमा भारत

चन्द्रयान–३ को सफलता पछि सूर्यको अध्ययन गर्न नयाँ मिसनमा भारत

काठमाडौं

चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । भारतले यो पहिलो सूर्य मिसनको प्रक्षेपण गरेको हो ।

आदित्य–एल १ नाम दिइएको यो अन्तरिक्ष यान आज शनिबार २ सेप्टेम्बरमा श्रीहरिकोटबाट स्थानीय समयअनुसार विहान ११ः५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको हो । श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ ।

यो अन्तरिक्ष यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दुरी पार गर्ने छ, जुन पृथ्वी र सूर्यको दुरीको १ प्रतिशत हो ।

भारतीय स्पेस एजेन्सीका अनुसार लेगरञ्ज प्वाइन्टमा पुग्न यो अन्तरिक्ष यानलाई चार महिना लाग्ने छ ।

लेगरञ्ज प्वाइन्ट त्यो ठाउँ हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुनेछ । यहाँ एक किमिसको न्यूट्रल प्वाइन्ट विकसित हुन्छ, जहाँ अन्तरिक्ष यानको इन्धनको सबभन्दा कम खपत हुनेछ।

यो ठाउँको नाम फ्रान्सेली गणितज्ञ जोसेफ लुइस लेगरञ्जको नामबाट राखिएको हो । उनले १८ औं शताब्दीमा यो विन्दुको बारेमा खोज गरेका थिए ।

आदित्य –एल १ लेगरञ्ज प्वाइन्टमा पुगेमा यसले सूर्यको सबभन्दा बाहिरी सतहको कामको अध्ययन गर्नेछ । यो मिसनले दिने जानकारीबाट सूर्यका बारेमा मानव समुदायको बुझाइ अझ राम्रो बनाउन महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

सूर्यको अध्ययन गर्ने यो पहिलो मिसन भने होइन । यसअघि नासा र युरोपियन स्पेस एजेन्सी (ईएसए) ले पनि यही कामका लागि सूर्य मिसन पठाएका छन् ।

भारत सरकारले २०१९ मा यो प्रोजेक्टलाई अनुमति दिएको थियो, जसको लागत करिव ४.६ करोड डलर थियो । साभारःनेपालबोली डटकम

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।