बिन्दबासिनीमा नेविसंघको कमिटी गठन, अध्यक्षमा विकास चयन

वीरगंज । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ बिन्दबासनी गाउँपालिका स्तरीय कमिटी शनिवार गठन भएको छ ।
पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. २ जि.पि. स्मृति भवन बहुअवाभाठामा सम्पन्न विद्यार्थीहरुको भेलाले विकास पटेलको अध्यक्षतामा ५१ सदस्यीय नेविसंघ पालिका कमिटी गठन भएको हो ।
गठित कमिटीको उपाध्यक्षहरुमा राजु सहनी, मुना चौरसिया, आशिष रजक, राजन अग्रहरी, सत्यम चौरसिया, उपेन्द्र साह कानु, शत्रुध्न राम, सचिवद्वय धिरज चौरसिया र राजेश मुखिया, कोषाध्यक्षमा बबली चौरसिया, सह–सचिवहरुमा लालबाबु चौरसिया, नितेस पटेल, अनिल चौरसिया, रुपेश चौरसिया, संजिव कुमार राम, सन्नी कलवार, बिकास शर्मा, निमलेश साह कानु, संदिप राम, शिवम कुमार कानु, सानु दास तत्वा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रियाशुं कुमार चौरसिया, उपेन्द्र कानु, हरिन्द्र पटेल, नरेश रजक, अंकित गिरी, मनोज कुमार बानिया लगायत रहेको जनाईएको छ ।
नेपाल विद्यार्थी संघ पर्साका सचिव सुधांशु चौरासियाको अध्यक्षतामा सम्पन्न बैठकको प्रमुख अतिथि नेपाली काँग्रेस बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष विवेक चौरसियाले युवाहरु देशको भविष्य रहेकाले आफ्नो गाउँ, समाज र राष्ट्रको हितमा काम गर्न सुझाएका थिए । प्रमुख अतिथि चौरसियाले नव गठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै विद्यार्थीहरुको हकहितमा काम गर्न समेत आग्रह गरेका थिए ।
सो अवसरमा विशिष्ट अतिथि नेपाल विद्यार्थी संघ पर्साका जिल्ला अध्यक्ष इन्जिनियर रमेश कुमार यादव, पार्टीका नेताहरु उमेश कुमार चौरसिया, मुक्ति कुर्मी, जयप्रकाश चौरसिया, अनोज चौरसिया, राजेश चौरसिया, सन्तोष चौरसिया, सत्य नारायण ओझा, प्रभु चौहान, युवा नेता वाल्मीकि यादव, नेविसंघ जिल्ला उपाध्यक्ष विटु पटेल, विक्रम पटेल, सह–सचिव लक्ष्मण मण्डल, क्रिस पटेल, करण चौरसिया, नरेन्द्र साह, प्रबेज गद्दी लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सभागिता रहेको थियो ।






