सनलाईट कलेजमा बि.बि.ए. कक्षा सुरु हुदै, भर्नाका लागि आवेदन खुला

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १६ स्थित सन लाईट कलेजले बि.बि.ए. प्रथम सेमेष्टरको लागि भर्ना खोलेको छ ।
यही शैक्षिक सत्र देखि कलेजले बि.बि.ए. सञ्चालन गर्ने तयारी पुरा गरी परीक्षाको आवेदन फारम भर्ने सम्बन्धि सूचना प्रकाशन गरेको छ ।
राजर्षी जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सन लाईट कलेजले यसै शैक्षिक सत्रका लागि प्रथम सेमेष्टरमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन माग गरेको हो । आवेदन फारमका साथमा शैक्षिक योग्यताको लब्धांक पत्र, नागरिकता वा जन्मदर्ताको प्रमाण र हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो पेश गर्न कलेज प्रशासनले अनुरोध गरेको छ ।
राजर्षी जनक विश्वविद्यालयले तोकेको छात्रवृत्रि सहित ४० जना विद्यार्थीहरुको लागि भर्ना आवेदन खोलिएको कलेजका आलोक चौरसियाले जानकारी दिए । उनका अनुसार सिट संख्या सिमित भएकोले भर्नामा आवेदन परेकाहरुबाट छिटै प्रवेश परीक्षा लिइनेछ ।
शिक्षा क्षेत्रमा छुटै पहिचान बनाउन सफल सन लाईट कलेजले दक्ष र अनुभवि शिक्षक÷शिक्षिकाहरुद्धारा अध्यापन गराउदै आएको र कहिल्यै पनि पढाईको गुणस्तरमा कुनै सम्झौना नगरेको र आउने दिनहरुमा पनि नगर्ने चौरसियाले बताए ।
आवेदन आगामी असोज १० गतेसम्मका लागि खोलिएको हो । प्रवेश परीक्षाका लागि एक हजार रुपैयाँ शूल्क रहेको छ । प्रवेश परीक्षाको मीति पछि सार्वजनिक गरिने कलेज प्रशासनले जनाएको छ ।







