राष्ट्रिय मुक्ति क्रान्ति नेपाल को पर्सा जिल्ला संयोजकमा राजेश साह 

राष्ट्रिय मुक्ति क्रान्ति नेपाल को पर्सा जिल्ला संयोजकमा राजेश साह 

असोज १६ वीरगंज

राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको मंगलबार बसेको बैठकले ७७ वटै जिल्लाको संयोजकहरु मनोनित गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले ७७ वटै जिल्ला संयोजकहरु मनोनित गरिएको मंगलबार जारि विज्ञप्तिमा जनाइएको छ ।

मधेश प्रदेशको पर्सा जिल्लामा राजेश साह , सिरहामा सत्यनारायण साह, सप्तरीमा दिपेन्द्र चौधरी ,धनुषामा राजेश चौधरी राजु, महोत्तरीमा अवधेश प्रसाद, सर्लाहीमा बिनोद साह, रौतहटमा अवधलाल राय, बारामा अमरदेव यादवलाई संयोजक तोकिएको पार्टीका अध्यक्ष महतोद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।

सोही बैठकले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई बाढी पहिरोबाट पीडित भएका आमजनतालाई तन, मन, धनका साथ दुखको घडीमा सहयोग गर्न आग्रह गर्ने निर्णय पनि गरेको विज्ञिप्तमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।