हाम्रो नेपाल दैनिक डट कमको वार्षिकोत्व सम्पन्न, छात्रावासमा व्याग तथा शैक्षिक सामग्रीहरु वितरण

वीरगंज । हन्ट नेपाल मिडिया प्रा.लि.द्धारा सञ्चालित हाम्रो नेपाल दैनिक डट कम अनलाईनले बुधवार आफ्नो चौथौ वार्षिकोत्सव एक कार्यक्रमका बिच सम्पन्न गरेको छ ।
अनलाईन पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसरमा वीरगंज आदर्शनगर स्थित आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरुको लागि स्कूल ब्याग तथा शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।
छात्रावास परिसरमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख यसवन्त यादवले अनर्लाइनको उत्तरोतर प्रगतिको कामना गर्दै यो छात्रावास सँग आफ्नो पुरानो सम्बन्ध रहेको बताए । उनले करिब एक दशक भन्दा अगाडि देखि म यो छात्रावासमा आश्रित बालबालिकाहरुको लागि सहयोग गर्दै आएको र आउने दिनमा पनि आवश्यक पर्ने सहयोगहरु गर्न तत्पर रहेको प्रतिबद्धता जनाए ।
पर्सा जिल्लाका अन्य पत्रिकाहरुले आफ्नो वार्षिकोत्सव ठूल–ठूला होटेलहरुमा लाखौ खर्च गरी मनाउने गरेको तर यस अनलाईनले आफ्नो सामाजिक उत्तरदायित्वलाई बहन गर्दै व्याग तथा शैक्षिक सामग्रीहरु वितरण गरी मनाएकोमा आफू असाध्यै हर्षित भएको बताए ।
सो अवसरमा जनजाति कल्याण आश्रम नेपाल राष्ट्रिय छात्रावासका प्रमुख महेश्वर हाँस्दाले यस छात्रावासमा आश्रित २७ जना बालबालिकाहरु वीरगंजको विभिन्न विद्यालय तथा कलेजहरुमा अध्ययन गरिरहेको बताउदै आश्रित बालबालिकाहरुको बस्ने, खाने, पढाई खर्च लगायतका सम्पूर्ण व्यवस्थापन यस छात्रावासले विभिन्न दाताहरुको सहयोगमा गर्दै आएको जानकारी दिए ।
सञ्चालक रामेश्वर चौरसियाको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका कार्य समिति सदस्य अजय चौरसिया, सञ्चारकर्मीहरु बलिराम यादव, अनुप यादव, जय यादव लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन कालिका टाईम्स दैनिकका सम्पादक शम्भु सुमनले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।