अपहरण गरी फिरौती माग्ने पर्साबाट एक पत्रकारसहित दुइजना पक्राउ
अपहरण गरी फिरौती माग्ने पर्साबाट एक पत्रकारसहित दुइजना पक्राउ

बीरगन्ज । पर्सा प्रहरीले अपहरण गरी फिरौती रकम मागेको आरोपमा एक पत्रकारसहित दुइजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले अपहरण गरी २ लाख रुपैयाँ फिरौती मागेको आरोपमा दुइजनालाइ पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार अपहरण गरी फिरौती माग्ने पत्रकार हरिशंकर शर्मा र बीरगन्ज इनर्वाका सुरेश दासलाई पक्राउ गरेको हो ।
पर्सा प्रहरीका एक अधिकारीले भने, ‘ केही व्यक्तिले रौतहटका एक युवकलाई अपहरण गरेको थियो, त्यसको मोटरसाइकलसमेत नियन्त्रणमा राखिएको थियो ।
मोटरसाइकल र अपहरित व्यक्तिलाई रिहा गर्नका लागि आज ५० हजार अपहरित परिवारसंग बुझेर जानेक्रममा पत्रकार शर्मा पक्राउ परे, त्यस लगत्तै अर्का व्यक्ति पनि पक्राउ पर्यो।’
अपहरित व्यक्तिको बारेमा अहिले अनुसन्धान भइरहेकोले विवरण खुलाउन नमिल्ने पर्सा प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका पत्रकार शर्मासहित दासलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ । संभार: मधेश संचार






