जना विदेशीले मलद्वारमा लुकाएर ल्याएका थिए सुन
जना विदेशीले मलद्वारमा लुकाएर ल्याएका थिए सुन

काठमाडौँ । चार जना विदेशी नागरिकले मलद्वारमा लुकाएर नेपालमा सुन ल्याएको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा उनीहरूले अवैध ढंगले सुन ल्याएको पाइएपछि पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए ।
उनका अनुसार उज्वेकिस्तानका ती नागरिकहरूबाट ३ किलो ७४५ ग्राम सुन बरामद भएको छ । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष हुन् । जसमा ४९ वर्षीय फेजिभा साउदत, ४८ वर्षीय अख्मेदोभा उमेदा, ५४ वर्षीय मारिफालिभा र ४१ वर्षका तुरसुनोभ सारदोर रहेका छन् ।
उनीहरुलाई थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा बुझाइएको प्रहरीले जनाएको छ । चारै जना फ्लाइ दुबईको विमानमार्फत गएराति काठमाडौँ आएका थिए ।






