वीरगञ्ज शोभा यात्रामाथिको आक्रमणबारे गृहमन्त्रीलाई ज्ञापन पत्र, दोषीमाथि तत्काल कारबाहीको प्रतिबद्धता

वीरगञ्ज शोभा यात्रामाथिको आक्रमणबारे गृहमन्त्रीलाई ज्ञापन पत्र, दोषीमाथि तत्काल कारबाहीको प्रतिबद्धता

वीरगञ्ज २ बैशाख

वीरगञ्जमा हनुमान जयन्तीको अवसरमा आयोजित शोभा यात्रामाथि भएको आक्रमणप्रति गृहमन्त्री रमेश लेखकले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

राष्ट्रिय समता पार्टी नेपालका केन्द्रीय अध्यक्ष विजय प्रकाश निषादको नेतृत्वमा एक प्रतिनिधिमण्डलले आज गृहमन्त्री लेखकलाई ज्ञापन पत्र बुझाउँदै शोभा यात्रामाथिको क्रूर आक्रमणको विरोध जनाएको छ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री लेखकले वीरगञ्जमा घटेको घटनाप्रति आफू गहिरो चिन्तित रहेको उल्लेख गर्दै, शोभा यात्रामा आक्रमण गर्ने अराजक समूहलाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।
गृहमन्त्रीले दोषीलाई कानूनी दायरामा ल्याएर कडा कारबाही गरिने स्पष्ट पारेका छन्। साथै, समाजमा शान्ति र सद्भाव कायम राख्न सबै पक्ष संयमता अपनाउन समेत आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।