हनुमान जन्मउत्सव शोभा यात्रामा आक्रमण गर्ने समूह लाई कारवाही गर्न नेजपा द्वारा आज सीडीओ लाई ज्ञापन पत्र बुझाईयो 

हनुमान जन्मउत्सव शोभा यात्रामा आक्रमण गर्ने समूह लाई कारवाही गर्न नेजपा द्वारा आज सीडीओ लाई ज्ञापन पत्र बुझाईयो 

वीरगंज ३ बैशाख

नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले आज २०८१ साल चैत्र ३० गते हनुमान जन्मउत्सव शोभा यात्रा बीरगंजमा आक्रमण गर्ने समूह लाई कड़ा कारवाही गर्न मांग गरेको छ। सीडीओ कार्यालय गएको टोलीमा नेजपा केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु अधिवक्ता बिनोद कुर्मी, पारस दुबेदी,पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाक्ष्यक्ष धीरज साह हलुवाई, महामंत्री नबीन मिश्रा, मंत्री प्रमोद शर्मा, कोषाध्यक्ष राजेश साह कलवार, सह कोषाध्यक्ष संतोष कुशवाहा, कार्य समिति सदस्यहरु मुना साह तेली, विनय सिंह राजपूत, मनीष वर्णवाल, मधुसूदन ठाकुर,महिला मोर्चा पर्सा संयोजक संगीता गुप्ता, बहुदरमाई नगरपालिका कोषाध्यक्ष राजेश साह सहभागी रहेका थीए।

ज्ञापन-पत्रमा हिन्दूहरुको प्रमुख आस्था केन्द्र भगवान् हनुमान जी को पावन शोभा यात्राको दिन हिन्दू समाज माथी आक्रमण भएको घटनाले हामी लाई मर्माहित बनाएको छ। हिन्दू समाजको पर्व भएको बेला बारम्बार हस्तक्षेप हुनू राम्रो संकेत होईन। मुस्लिम समाजको पर्व परेको बेला हिन्दू समाज कही कतै हस्तक्षेप गर्देन तर हिन्दू समाजको पर्व पर्दा दुर्घटना आखिर किन हुन्छ त यो गम्भीर चिंताको विषय हो।

२०८१ साल चैत्र ३० गते हनुमान जन्मउत्सव शोभा यात्रा बीरगंज घटनाको हजूर सहित सुरक्षा अंग प्रमुख स्वयं सहभागी हुदा कहा को बाट आक्रमण भयो, मुख्य योजनाकार को हो, हिन्दू समाज शोभा यात्रा पूर्व निर्धारित कार्यक्रम सबै पक्ष लाई थाहा हुदा पनी अप्रिय घटना हुनू दु:खद हो।

हिन्दू वा मुस्लिम समाजको आस्था केन्द्र मठ मन्दिर, मस्जिद मदरसा सबै बाटो छेउमा नै छ तर हिन्दू समाजको कार्यक्रम माथी कु विचार राखनू राम्रो कुरा होईन, हरेक धर्मका व्यक्तिले आ-आफनो आस्था अनुसार कार्यक्रम गर्न सबै पक्ष लाई छूट नै छ। बीरगंज घटना लाई गम्भीरता पूर्वक लिन श्रीमान लाई आग्रह गर्दे अगामी दिनमा कुनै घटना नहोस भनी गम्भीर ध्यानआकर्षक गराउन चाहन्छौं।शोभा यात्रामा घाइते हुनु भएका सम्पूर्ण व्यक्तिहरुको शिग्र स्वास्थ्य लाभको कामना गर्दछौ।

पक्राउ परेका हिन्दू युवाहरु लाई रिहाई गर्न मांग गर्दे जिल्ला प्रहरी कार्यालय पर्सा अगाड़ी लाठी चार्ज कार्यको नेपाल जनता पार्टी पर्सा घोर भ्रसना गर्दछ। साथै आन्दोलनकारी हिन्दू युवा र संचारकर्मीहरुको शिग्रस्वास्थ्य लाभको कामना गर्दछौ।

शोभा यात्रामा आक्रमण गर्ने, हिन्दू समाज लाई गाली गर्ने, बीरगंज नगर क्षेत्रमा हुने धार्मिक कार्यक्रम लाई बदनाम गर्ने, हिन्दूवादी अगुवाहरुको चरित्र हत्या गर्ने, बीरगंज क्षेत्र लाई बदनाम गराउने अपराधी प्रवृत्ति मानसिकता बोकेका लाई कड़ा कारवाही गरी कानूनी राज्यको प्रत्याभूति गराउन मांग गर्दछौ।

नेजपाले बुझाएको ध्यान आकर्षण एवं ज्ञापन-पत्र सीडीओ सहित उक्त अवसरमा एसपी गौतम मिश्र र सस्त्र प्रहरी का एसपी समेत उपस्थित रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: यो समाग्री सुरक्षित छ ।